Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

शृङ्गारिक गजल :रुझ्दै आयौ किन यो झरिमा - Articles





तिमी संग मलाई रातमा डर लाग्छ

एकान्तमा हुने बातमा डर लाग्छ


रुझ्दै आयौ किन यो झरिमा आज

कसम मलाई यो बर्सातमा डर लाग्छ


नजरले हेरि मलाई मार्नै लागेका छौ

छुन खोजे जस्तो गर्ने हातमा डर लाग्छ


आखिर मनै त हो चंचल भैहाल्छ नि

 लट्ठ पार्ने बोलीको मातमा डर लाग्छ


छेउमा मेरो बस्दा चकचक मात्रै गर्छौ

खै किन पुरुषको जातमा डर लाग्छ।

#लैलै✍️

ममता लैलै

Top Post Ad

post bottom ads

Ads Bottom