Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

संसदीय छानबिन समितिले सभामुख अग्निप्रसाद सापकोटालाई छानबिन प्रतिवेदन बुझायो


बजेटमा करका दर हेरफेर गर्न अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गरेको विषयमा छानबिन गर्न बनेको संसदीय छानबिन समितिले सभामुख अग्निप्रसाद सापकोटालाई छानबिन प्रतिवेदन बुझाएको छ।

आज समितिका सभापति लक्ष्मणलाल कर्णले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटासमक्ष समितिले तयार पारेको प्रतिवेदन पेश गर्नुभएको हो।सभामुखको निजी सचिवालयका अनुसार संघीय संसद भवनको शंकर हलमा पुगेर समितिले सभामुख समक्ष शुक्रबार दिउँसो प्रतिवेदन बुझाएको हो।

२०७९ जेठ १५ गते अर्थमन्त्री जनार्दन शर्माले टेबुल गर्नुभएको आर्थिक वर्ष २०७९/०८०को आर्थिक विधेयकमा करका दर हेरफेर गर्ने सम्बन्धमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएकाे विषय सार्वजनिक भएपछि असार २२ गते ११ सदस्यीय छानबिन समिति गठन भएको थियो।

संसदीय छानबिन समिति गठन भएपछि तत्कालीन अर्थमन्त्री शर्माले  राजिनामा दिएका थिए  ।

Top Post Ad

post bottom ads

Ads Bottom