Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

आज पछिल्लो २४ घण्टामा ४३८ जनामा कोरोना सङ्क्रमण पुष्टि, २ को ज्यान गयो - Brighter Khabar


साउन १४ गते । पछिल्लो २४ घण्टामा ४३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने दुई जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल तीन हजार ६९९ कोरोना परीक्षण गर्दा ४३८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा एक हजार ७७९ पीसीआर परीक्षण गर्दा २९२ र एक हजार ९२० एन्टिजेन परीक्षण गर्दा १४६ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा २७७ जना सङ्क्रमण मुक्त भएका छन् भने चार हजार ३६९ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

यसैगरी, २४ घण्टामा ५८ हजार ५५९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

Top Post Ad

post bottom ads

Ads Bottom