Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

प्रदेश सरकारविरुद्ध सुतेर धर्ना दिने चेतावनी- Brighter Khabar


मधेश प्रदेश सरकारविरुद्ध मुख्यमन्त्री कार्यालय अगाडि सुतेर धर्ना दिने चुरे तथा वन जङ्गल संरक्षण अभियान नेपालले जनाएको छ। 

शुक्रबार जनकपुरधामस्थित दस दिनदेखि रिले अनशन बसिरहेकै स्थानबाट सञ्चारकर्मीसँगको कुराकानीमा चुरे तथा वन जङ्गल संरक्षण अभियान नेपालका राष्ट्रिय संयोजक सुनीलकुमार यादवले चुरे संरक्षण तथा सुकुम्बासी भूमिहीन सम्बन्धी समस्या समाधानका लागि पटक–पटक ध्यानाकर्षण गराउँदा पनि प्रदेश सरकारले कुनै चासो नदेखाएका कारण साउन १५ गते (आइतबार) मधेश प्रदेश मुख्यमन्त्री कार्यालय अगाडि सुतेर धर्ना दिने बताउनुभयो । 

उहाँले सुकुम्बासी भूमिहीन सम्बन्धी समस्या समाधानका लागि पटक–पटक आन्दोलन तथा अनशन बस्दा पनि नेता, मन्त्री तथा कुनै पार्टीले चासो नदेखाएपछि अब मुख्यमन्त्री कार्यालय अगाडि नै सुतेर धर्ना दिने  बताएको खबर गोरखापत्रमा छ  । 

Top Post Ad

post bottom ads

Ads Bottom