Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

आज नेप्से परिसूचक २.५५ प्रतिशत ले बढेर २१९५.१० विन्दुमा पुग्न सफल - Brighter Khabar


आज नेप्से परिसूचक २.५५ प्रतिशत अर्थात ५४.५८ अंक बढेर २१९५.१० विन्दुमा पुगेको छ।

त्यसैगरी, आज २२० स्टकको ६७ हजार ७४१ पटकको कारोबारमा ४ अर्ब ६० करोड ९९ लाख ७१ हजार रुपैयाँ बराबरको १ करोड १३ लाख ३९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा पनि शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। यो कम्पनीको यस दिन २१ करोड ३४ लाख कित्ता शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, नेपाल टेलिकम, एशियन लाइफ इन्स्योरेन्स र हिमालयन डिष्टिलरीको १० करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

साताको पहिलो कारोबार दिन दोस्रो बजारका लगानीकर्ताहरु बीमा कम्पनीमा आकर्षित भएको देखिन्छ। आज ५ बीमा कम्पनीहरुको शेयरमूल्य १० प्रतिशत बढेर कारोबार भएको छ। आज नेपाल इन्स्योरेन्स, नेको इन्स्योरेन्स, आइएमई जनरल इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्सको शेयरमूल्य १० प्रतिशत बढेर कारोबार भएको हो।

Top Post Ad

post bottom ads

Ads Bottom