Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

स्वर्गद्वारी मन्दिर दर्शन गरेर फर्केको जीप दुर्घटना हुँदा एक जनाको ज्यान गयो, १४ जना घाइते- Update


प्यूठानको स्वर्गद्वारी मन्दिर दर्शन गरेर फर्कने क्रममा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने १४ जना घाइते भएका छन् ।  

स्वर्गद्वारी मन्दिर दर्शन गरेर फर्कने क्रममा   लु३च ३५३ नम्बरको १७ जना सवार जिप शनिबार मध्याह्न  भ्यागुतेमा दुर्घटना भएको जनाइएको छ  ।

ईलाका प्रहरी कार्यालय भिङ्ग्रीका अनुसार  दुर्घटनामा परी रुपन्देही निवासी मायादेवी ठाकुरको घटनास्थलमै मृत्यु भएको छ ।

त्यस्तै दुर्घटनामा १४ जना  घाइते भएका छन् । घाइतेमध्ये नौ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।  थिए । 

जीप दुर्घटनाको कारण खुलिसकेको प्रहरीले जनाएको छ  ।

Top Post Ad

post bottom ads

Ads Bottom