Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

आजको राशिफल - साउन १८ गते - Aajako Rashifal

 


आज  २०७९ साउन १८ गते, बुधवार, ३ अगस्ट २०२२। श्रावण शुक्लपक्ष षष्ठी तिथि।

मेष - ARIES

चु, चे, चो, ला, लि, लु, ले, लो, अ

स्वास्थ्यसम्बन्धी चिन्ताले सताउन सक्छ। आफ्ना काममा अरूको भरपर्दा दु:ख पाइनेछ। बलभन्दा बुद्धिको उपयोगले फाइदा दिलाउनेछ। अवसरको खोजीमा आफन्त र परिवारबाट टाढिनुपर्ने हुन सक्छ। सत्कार्यमा शुभचिन्तकहरूको साथ पाइनेछ। पछिका लागि खर्चको जोहो गर्नुपर्ला। 

वृष - TAURUS

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

शुभचिन्तकहरूले साथ दिनेछन्। लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ। प्रतिष्ठित काम गर्ने मौका छ। चिताएका काम सजिलै सम्पादन हुनेछन्। पढाइलेखाइमा राम्रो प्रगति हुनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। 


मिथुन - GEMINI

का, कि, कु, घ, ङ, छ, के, को, ह

अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। साझेदारीमा देखिने समस्याले पहिलेको सम्झौता भंग हुन सक्छ। बेसुरमा वचन दिनाले दुःख पाइनेछ। तापनि, साथीभाइले साथ दिनेछन्। पशुधन र जमिनबाट लाभ हुनेछ। मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ। 

कर्कट - CANCER

हि, हु, हे, हो, डा, डि, डु, डे, डो

परिस्थितिवश चिताएको काम रोकिन सक्छ। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। मौका आए पनि काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। व्यवसायमा बाधा पुग्नेछ भने अरूका लागि बुद्धि खर्चनुपर्ने देखिन्छ। व्यवसायभन्दा सेवामूलक कामबाट राम्रो उपलब्धि प्राप्त हुनेछ। 

सिंह - LEO

मा, मि, मु, मे, मो, टा, टि, टु, टे

खर्चिलाे काम थाल्नाले व्यवहारमा समस्या पर्न सक्छ। हातमा आएको रकम अरूका लागि खर्चनुपर्नेछ। अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ। शुभचिन्तकहरूको भावना बुझेर अघि बढ्नुहोला। आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ। अध्ययनमा त्यति समय दिन नसकिएला। 

कन्या - VIRGO

टो, प, पि, पु, ष, ण, ठ, पे, पो

भेटघाट र खानपानमा अलमलिनुपर्दा समय बित्नेछ। आगन्तुकहरूले अलमल्याउने हुँदा काममा बाधा पुग्न सक्छ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। आफन्तसँग सुमधुर सम्बन्धका लागि व्यवहारमा ध्यान पुर्याउनुहोला। समयमा आलस्य गर्ने बानीले पछि परिनेछ। आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्। 

तुला - LIBRA

र, रि, रु, रे, रो, ता, ति, तु, ते

छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला। फाइदाका लागि केही वस्तु त्याग्नुपर्ला। आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ। लामो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। आफ्नाबाट भने टाढिनुपर्ने हुन सक्छ। केही खर्च लागे पनि यात्राको प्रक्रिया अघि बढ्नेछ। 


वृश्चिक - SCORPIO

तो, ना, नि, नु, ने, नो, या, यि, यु

मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। आयआर्जनका स्रोत बढ्नेछन् र प्रतीक्षित नतिजाले पनि उत्साह जगाउनेछ। दैनिक काममा उल्लेख्य फाइदा हुनेछ। थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ। कामबाट मनग्य लाभ मिले पनि उठेकाे रकम तत्काल खर्चनुपर्ला। सहयाेग र सरसापटमा रकम बाहिरिन सक्छ। 


धनु - SAGITTARIUS

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

पुराना कामको चर्चा हुनेछ भने मिहिनेत गर्दा उपलब्धिको स्रोत प्राप्त हुनेछ। तर, अरूका काममा समय खर्चनुपर्दा आफ्ना काम रोकिन सक्छन्। सामाजिक उत्तरदायित्व प्राप्त भए पनि जिम्मेवारी पूरा गर्नमा बाधा हुनेछ। परिस्थितिवश आफन्तबाट टाढिनुपर्ने हुन सक्छ। 

मकर - CAPRICORN

भो, ज, जि, खि, खु, खे, खो, गा, गि

सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ। तारिफयोग्य कामले धेरैको मन जित्न सकिनेछ। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। भाग्यले विभिन्न अवसर थमाउनेछ। उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। 


कुम्भ - AQUARIUS

गु, गे, गो, सा, सि, सु, से, सो, द

पहिलेका समस्या दोहोरिनाले अलमल बढ्न सक्छ। हल्लाको पछि लाग्दा दु:ख पाइनेछ। गोपनीयता बाहिरिनाले पनि काममा समस्या आइपर्ला। स्वास्थ्यसम्बन्धी चिन्ताले सताउन सक्छ। परिस्थितिवश आँटेको काममा बाधा हुन सक्छ। आफ्ना कामबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। 

मीन - PISCES

दि, दु, थ, झ, ञ, दे, दो, च, चि

अवसर प्राप्त भए पनि काममा केही चुनौतीहरू देखिनेछन् र सोचेको फाइदा उठाउन मुस्किल पर्नेछ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। तापनि पहिलेको सफलताले हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। 

राशिफलमा जे लेखिएता पनि मिहिनेत गरेर आफ्नो काममा लाग्नुभयो भने अवश्य सफलता मिल्नेछ !

Top Post Ad

post bottom ads

Ads Bottom