Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

श्रीङ्गारीक रचना : चुम्बन - ममता लै लै

चुम्बन हाम्रो मायाँको त

गरूँ गरूँ लाग्छ

तिम्रो ओठमा मेरो ओठ

भरूँ भरूँ लाग्छ

एकान्तमा तिमी सँग म

बसुँ बसुँ लाग्छ

सुटुक्क तिम्रो मन भित्र

पसुँ पसुँ लाग्छ

काखमा तिम्रो सुतेर म

हेरूँ हेरूँ लाग्छ

र तिमीलाई अँगालोमा

बेरूँ बेरूँ लाग्छ

एक चु्म्बन मायाँको त

दिउँ दिउँ लाग्छ

तिम्रै ओठको सारा रस

पिउँ पिउँ लाग्छ

च्यापी मैले तिमीलाई नै

सुतुँ सुतुँ लाग्छ

तिम्रो न्यानो अँगालो नै

गुटुँ गुटुँ लाग्छ

एउटा लामो चुम्बन अब

खाउँ खाउँ लाग्छ

तिम्रो नामकै गित बनाई

गाउँ गाउँ लाग्छ

तिम्रो प्यासको गुटरी त

टिपुँ टिपुँ लाग्छ

अँगालोमा कसी तिम्लाई

खिपुँ खिपुँ लाग्छ.......

ममता लैलै

Top Post Ad

post bottom ads

Ads Bottom