Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

बढ्दै को'रोना संक्रमण, पछिल्लो २४ घण्टामा ८९५ जना संक्रमित थपिए, १ जनाको मृत्यु- Brighter Khabar


पछिल्लो २४ घण्टामा  नेपालमा थप ८९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार ५ हजार ९०९ जनाको नमुना परीक्षण गरिएकोमा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो। 

त्यस्तै  पछिल्लो २४ घण्टामा  कोरोना संक्रमणबाट १ जनाको ज्यान गएको छ भने २६४ जना डिस्चार्ज भएका छन्।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या ४ हजार ९ सय ३४ रहेको छ। पछिल्लो समय काठमाडौं उपत्यकामा संक्रमण बढ्दै गइरहेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा मात्र ३ सय ७३ जनामा संक्रमण पुष्टि भएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom