Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पछिल्लो २४ घण्टामा ८६८ जना सङ्क्रमण पुष्टि , ३ सङ्क्रमितको ज्यान गयो - Brighter Khabar


साउन २५ गते । पछिल्लो २४ घण्टामा थप ८६८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने तीनजना सङ्क्रमितको ज्यान गएको छ ।

असार अन्तिम सातादेखि कोरोना सङ्क्रमणदर निरन्तर उकालो लाग्दै गएको छ । साउन १ गते चार प्रतिशतको हारहारीमा भएको सङ्क्रमणदर बढेर झण्डै १३ प्रतिशतमा पुगेको छ ।

स्वास्थ्य तथा  जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. समीर अधिकारले कुल छ हजार ७०५ जनाको एन्टिजेन र पीसीआर परीक्षण गर्दा ८६८ जनामा कोरोना पुष्टि भएको जानकारी दिए  ।

डा.अधिकारीका अनुसार तीन हजार ६१४ जनाको पीसीआर परीक्षण गर्दा ४९६ र तीन हजार ९१ जनाको एन्टिजेन परीक्षण गर्दा ३७२ जनामा कोरोना पुष्टि भएको हो ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ४१४ जना सङ्क्रमित सङ्क्रमणमुक्त भएका छन् । सोही समयमा एक लाख ३८ हजार ८४० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार ८८५ पुगेको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom