टिकटकले आफ्नो संस्कृति बिग्रिरहेको, अश्लिलता प्रदर्शन भइरहेको भन्दै युवाहरुले प्रदर्शन गरेका हुन् । ‘टिकटक बन्द गर्नुपर्ने, टिकटकमा अश्लिल भिडियो बनाउनेलाई कारवाही गर्नुपर्ने, टिकटक भगाउ, आफ्नो संस्कृति बचाऔं’ भन्दै युवाहरुले प्रदर्शन गरिएको हो ।
युवाहरुले टिकटक बन्द गर्न भन्दै जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयमा ज्ञापन पत्र समेत बुझाएका छन् ।
टिकटकमा अश्लिलता बाहेक अन्य केही नदेखिएको भन्दै यसले समाजमा विकृति फैलाएको ठहर गर्दै टिकटक बन्द गर्न संघर्ष समिति सप्तरीका संयोजक सचितानन्द यादवले बताउनुभयो ।
टिकटकले गर्दा शैक्षिक स्तर खस्किएको तथा विकृति फैलिएको भन्दै भारत सरकारले टिकटक बन्द गरिएकाले नेपालमा पनि चलाउन दिन नहुने अभियन्ता अजय दासले बताउनुभयो ।