Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

को'रोना सङ्क्रमितमध्ये ५० प्रतिशतमा कुनै पनि लक्षण नदेखिने -Brighter Khabar


काठमाडौं, भदौ २ गते। नेपालमा कोरोना सङ्क्रमणदर बढ्दो क्रममा रहेको छ। साउन १ गते लगभग चार प्रतिशत भएको सङ्क्रमणदर एक महिनामा बढेर १३ प्रतिशत पुगेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलेको तथ्यांक केलाउँदा एक महिनामा ३८ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ। 

मन्त्रालयका प्रवक्ता डा. समिरकुमार अधिकारीले मृत्यु भएका अधिकाशं सङ्क्रमित कोरोना विरुद्धको खोप नलगाएका र कुनै न कुनै प्रकारको दीर्घ रोगी भएको जानकारी दिनुभयो। मन्त्रालयको तथ्यांक अनुसार सोही सयमा २० हजार ३३१ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् भने आठ हजार ९८० जना सङ्क्रमित सङ्क्रमणमुक्त भएका छन्। 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका वरिष्ठ मेडिकल सुपरिटेनडेन्ट डा. पवनकुमार शाहालले कोरोना सङ्क्रमितमध्ये ५० प्रतिशतमा कुनै पनि लक्षण नदेखिएको जानकारी दिनुभयो। 

लक्षण नदेखिए पनि जोखिम कम नभएकोले स्वास्थ्यका मापदण्ड अपनाउन उहाँले आग्रह गर्नुभयो। पछिल्लो २४ घण्टामा ८५२ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ। काठमाडौं उपत्यकामा मात्रै ३७९ जनामा कोरोना पुष्टि भएको छ। 

नेपालमा पाँच हजार २५९ होम आइसोलेसन र २०३ संस्थागत आइसोलेसनमा गरेर अहिले पाँच हजार ४६२ सक्रिय सङ्क्रमित रहेका छन्। जसमध्ये उपत्यकामा तीन हजार ६०३ रहेका छन्। काठमाडौं र ललितपुरमा पाँच सय भन्दा बढी सक्रिय सङ्क्रमित छन्। सात जिल्लामा संक्रमण शून्य छ। 

कोरोना बढेसँगै सङ्क्रमित आईसीयू र भेन्टिलेटर भर्ना हुने दर पनि बढ्दो क्रममा रहेको छ।  बुधबार संस्थागत आइसोलेसनमा रहेका सङ्क्रमित मध्ये ५९ जना आईसीयू र सात जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ। 

नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ११ लाख ४२ हजार ५३२ पुगेको छ। जसमध्ये ११ हजार ९९० जनाको मृत्यु भएको छ। सङ्क्रमितको मृत्यदर १.२ प्रतिशत हो।  नौ लाख ७६ हजार ९३६ जना सङ्क्रमणमुक्त भएका छन्। निको हुने दर ९८.२ प्रतिशत छ। 

नेपालमा कुल जनसङ्ख्याको ७५.१ प्रतिशतले एक मात्रा र ७२.४ प्रतिशतले पूर्णमात्रा खोप लगाएका छन्। त्यसैगरी १२ वर्षमाथिका लक्षित जनसङ्ख्याको ९३.९ प्रतिशतले पहिलो र ९०.६ प्रतिशतले पूर्ण खोप लगाएको मन्त्रालयले जनाएको छ। अहिलेसम्म २५ प्रतिशतले अतिरिक्त मात्रा खोप लगाएको खबर गोरखापत्रमा छ  ।  

Top Post Ad

post bottom ads

Ads Bottom