जिउॅदो छॅदा मुख परेन फलफुल देखिन्छ लासमा
चिल्लो गाडी थन्काएर जानुछ एकदिन बासमा
अभावै अभाव र तनावमा बितिगयो सारा जीवन
बुढौंलीसॅगै काल जप्दै बसे बुबाआमा सधैं आसमा
साऊॅ व्याजको भार थाप्लोमा औंला गन्दै गए दिन
पिडाको भारी थपिदै जॅादा झर्थ्यो ॲाशु गॅासमा
तेरो मेरो भन्नु बेकार हो दुनियॅा रहेछ सबै देखावटी
जलेर भस्म भई विलिन हुनु रहेछ जीवन खासमा
जन्मदाताको बलिदान सारा बिर्सिदिन्छौं सबै कसरी
आज डुबुल्की मारिरहन्छौं उनकै हेर श्रमको रासमा
-लक्ष्मी काफ्ले
पोखरा लामाचौर १९