Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

को'रोना विरुद्दको क्यु आर कोड सहितको खोप प्रमाणपत्र लिन ढिला भईरहेको छ भने के गर्ने त ? - Brighter Khabar


 स्वास्थ्य तथा जनसंख्या मन्त्रालय राष्ट्रिय स्वास्थ्य  शिक्षा , सूचना तथा संचार केन्द्रले स्थानीय तहको स्वास्थ्य शाखाबाट क्यु आर कोड  सहितको खोप प्रमाणपत्र लिन सकिने जनाएको छ । 

केन्द्रले क्यु आर  कोड सहितको विद्युतीय खोप प्रमाणपत्र प्रमाणीकरण गराउने क्रममा कुनै प्राविधिक समस्या आएमा वा सो प्रमाणपत्र आउन ढिला भएमा स्थानीय तहको स्वास्थ्य शाखाबाट क्यु आर कोड  सहितको खोप प्रमाणपत्र लिन सकिने जनाएको हो  । 

जसको लागि जोन्सन एण्ड जोन्सनको हकमा एक मात्रा लगाएको र अन्य खोपको हकमा दोस्रो मात्रा लगाएको स्थानीय तहको स्वास्थ्य शाखामा सम्पर्क गर्नुपर्ने छ  । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय राष्ट्रिय स्वास्थ्य  शिक्षा , सूचना तथा संचार केन्द्रले भनेको छ :

'क्यु आर  कोड सहितको

विद्युतीय खोप प्रमाणपत्र प्रमाणीकरण गराउने क्रममा कुनै प्राविधिक समस्या आएमा वा सो प्रमाणपत्र आउन ढिला भएमा जोन्सन एण्ड जोन्सनको हकमा एक मात्रा लगाएको र अन्य खोपको हकमा दोस्रो मात्रा लगाएको स्थानीय तहको स्वास्थ्य शाखामा सम्पर्क राखी QR Code सहितको खोप प्रमाणपत्र लिनुहोला ।'


Top Post Ad

post bottom ads

Ads Bottom