Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

मृत्यु भएका कोरोना सङ्क्रमितमध्ये ७६ प्रतिशत कोरोनाविरुद्धको खोप नलगाउने मध्येबाट -Brighter khabar


साउनयता (तीन हप्ता) मा मृत्यु भएका कोरोना सङ्क्रमितमध्ये ७६ प्रतिशतले कोरोनाविरुद्धको खोप नलगाएको पाइएको छ । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अन्तर्गतको महामारी व्यवस्थापन शाखाका प्रमुख डा. खगेश्वर गेलालले साउन १ गतेदेखि २० गतेसमम १८ जनाको मृत्यु भएकोमा १३ जना अर्थात ७६ प्रतिशतले खोप नलाएको जानकारी दिनुभयो । 

स्वास्थ्य पत्रकार मञ्च नेपालले विश्व स्वास्थ्य सङ्गठन नेपालको सहयोगमा आयोजना गरेको कोभिड १९ महामारी तथा मङ्कीपक्सको वर्तमान अवस्था र तयारीसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै डा. गेलालले सो कुराको जानकारी दिनुभएको हो । 

मृत्यु भएका दुईजनाले दोस्रो डोज खोप लगाएको डा. गेलालले बताउनुभयो । उहाँका अनुसार मृत्युभएका मध्ये १२ जनामा पहिले कुनै न कुनै किसिमको दीर्घ रोग भएको पाइएको छ । 

मृत्यु हुनेमा २१ देखि ८५ वर्ष उमेरका छन् । जसमा २१ वर्षका एक जना र अन्य ४९ वर्ष माथिका रहेको मन्त्रालयले जनाएको छ । विभिन्न नाकाबाट नेपाल भित्रने मानिसमा कोरोना सङ्क्रमणदर बढ्दो क्रममा रहेकाले पछिल्लो समय नेपालमा कोरोना सङ्क्रमणदर बढेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो,“पछिल्लो ९० दिनमा नेपालमा प्रवेश गर्ने विभिन्न नाकामा रहेका हेल्थ डेक्सले ८० हजार २९६ जनाको कोरोनाको परीक्षण गरेको थियो । 


परीक्षण गरीएकामध्ये एक हजार २५० जनामा कोरोना पुष्टि भएको छ । त्यसैगरी, नाकाहरुमा १४ दिनमा १७ हजार १४१ जनाको एन्टिजेन परीक्षण गर्दा ६४० जनामा कोरोना पुष्टि भएको छ । अन्तर्राष्ट्रिय एयरपोर्ट र सीमा नाकाहरुमा स्क्रिनिङको दर र परीक्षण बढाउने कार्य अगाडि बढाएको उहाँले जानकारी दिनुभयो । 

खोपले कोरोना सङ्क्रमणबाट हुने जटिलता र मृत्युदर कम गर्ने सबै खोप नलगाएका नागरिकलाई खोप लगाउन र पूर्ण मात्रा खोप लगाएको तीन महिना पुगेका नागरिकलाई अतिरिक्त मात्र खोप लगाउन उहाँले आगह्र गर्नुभयो । 

नेपालमा खोप अभियान सुरु भएदेखि अहिलेसम्म कुल जनसंख्याको ७३.९ प्रतिशतले पहिलो मात्रा र ७०.६ प्रतिशतले पूर्णमात्रा खोप लगाएका छन । 

Top Post Ad

post bottom ads

Ads Bottom