Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

गण्डकी प्रदेश सँग निर्वाचन आयोगको स्पष्टीकरण माग - Brighter Khabar


पोखरा , भदौ ४ गते। निर्वाचन आयोगले  गण्डकी प्रदेशका निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमको विषयमा स्पष्टीकरण माग गरेको छ। 

आयोगले बिज्ञप्ति जारी गर्दै  स्पष्टीकरण माग गर्नुका साथै सो अन्तर्गतको कार्यक्रम सञ्चालन नगर्न र नगराउन निर्देशन दिइएको छ। मंसिर ४ गतेका लागि प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति तोकिसकेको अवस्थामा गण्डकी सरकारले प्रदेशसभाको कार्यकाल सकिन लागेको अवस्थामा निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रममार्फत् बजेट विनियोजनका लागि कार्यविधि बनाएर सांसदलाई योजना छनौट एवम् वितरण गर्न लगाइएकोप्रति आयोगले आपत्ति जनाएको हो।

आयोगले निर्वाचनको मिति घोषणा भइसकेको र सांसदको पदावधि सकिन लागेको अवस्थामा सो कार्य गर्नाले निर्वाचनको निष्पक्षतालाई असर पुग्ने र वितरणमुखी कार्यक्रमले यसको स्वच्छतामा नै प्रश्न उठ्न सक्ने जनाएको छ। यो कार्यक्रम गर्दा निर्वाचनको निष्पक्षतामा असर नगर्ने निश्चितता सम्बन्धी विभिन्न प्रश्न आयोगले गरेको छ।

आयोगले यस्ता कार्यक्रम निर्वाचन सम्पन्न नभएसम्म नगर्न र नगराउन निर्देशन दिएको छ। यो अवधिमा कुनै पनि किसिमको विपद् अवस्थापन वा स्वास्थ्य महामारीको सामना गर्न आवश्यक कामबाहेक मतदाता प्रभावित पार्ने कुनै पनि काम नगर्न निर्देशन दिएको हो।

त्यस्तै सोही बिषयमा आयोगले प्रदेश नम्बर १ सँग पनि स्पष्टीकरण माग गरेको छ ।


Top Post Ad

post bottom ads

Ads Bottom