Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

साउन ३१ गते पोखरा महानगरपालिकाका विद्यालयहरुमा स्थानीय बिदा - Brighter khabar


पोखरा महानगरपालिकाले आउँदो साउन ३१ गतेको लागि स्थानीय  विदा दिएको छ । 
महानगरले साउन ३१ गते परेको  तमु (गुरुङ) समुदायले मनाउने ट्होटे पर्वको दिन सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरु एवं मन्टेश्वरीहरुलाई स्थानीय विदा दिन अनुरोध गरेको हो  । 
सुचना जारि गर्दै महानगरले  उक्त दिन विद्यालयले बर्षभरीमा आफैले गर्न सक्ने स्थानीय विदाबाट कट्टा हुने गरी त्यस पर्वको दिन स्थानीय विदा दिन अनुरोध गरेको छ ।
सूचनामा भनिएको छ:
'प्रस्तुत विषयमा पोखरा महानगरपालिकाका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरु एवं मन्टेश्वरीहरुले मिति २०७९/४/३१ गते तमु (गुरुङ) समुदायले मनाउने ट्होटे पर्वको दिन विद्यालयले बर्षभरीमा आफैले गर्न सक्ने स्थानीय विदाबाट कट्टा हुने गरी त्यस पर्वको दिन स्थानीय विदा गर्न हुन अनुरोध छ ।'

यो पनि :
पोखरा , साउन २९ । पछिल्लो २४ घण्टामा  स्याङ्गजाका  २७  जना सहित गण्डकी प्रदेशमा १३७ जना कोरोना संक्रमित थपिएका छन्   ।

प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका अनुसार बिभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा सो संक्रमण पुष्टि भएको हो  ।

त्यस्तै अन्य संक्रमित हुनेहरुमा  मुस्ताङका २ जना, म्याग्दीका ४ जना, कास्कीका ७१ जना लमजुङका ११ जना, तनहुँक ३ जना, नवलपरासी पूर्व का ४ जना,  पर्वतका १ जना र बाग्लुङका १४ रहेको गण्डकी  प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ  ।

यो सँगै गण्डकीमा  हालसम्म संक्रमित हुनेहरुको संख्या १०३६०९ पुगेको समेत निर्देशनालयले जनाएको छ  ।

आज पछिल्लो २४ घण्टामा गोरखा र मनाङमा भने  कुनैपनि संक्रमित थपिएका छैनन्  ।

Top Post Ad

post bottom ads

Ads Bottom