आईओसीले नेपाललाई विक्री गर्ने पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको यो दोस्रो पटक हो । प्रत्येक अङ्ग्रेजी महिनाको पहिलो तथा पन्ध्रौँ तारिखमा आईओसीले इन्धनको नयाँ मूल्य पठाउँछ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्न थालेपछि यसपटक १६ जुलाई तथा १ अगस्ट गरेर दुई पटक आईओसीले नेपालका लागि पनि मूल्य घटाएर पठाएको छ।
आईओसीले १ अगस्टमा पठाएको नयाँ मूल्य सूचीअनुसार प्रतिलिटर पेट्रोलमा १६.८० रुपैयाँ तथा डिजेल र मटीतेलमा १२.४५ रुपैयाँले घटाएको छ भने यसअघि गत १५ जुलाईमा पनि आईओसीले पठाएको मूल्यसूचीमा प्रतिलिटर पेट्रोलमा १५.७६ रुपैयाँ र डिजेलमा १६.५६ रुपैयाँले मूल्य घटाएको थियो। तर, भारतबाट मूल्य घटेर आए पनि निगमले भने अझै पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छैन । कारोबार दैनिक