Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

बिमा रकम असुल्न नेपाल बन्दको मौका छोपी आफ्नै टिप्परमा आगो लगाएपछी - Brighter Khabar


दाङ- बिमा रकम असुल्न दाङको घोराहीमा चार दलद्वारा आह्वान गरिएको बन्दको मौका छोपी चालक र सहचालकले आफैंले चलाउँदै आएको टिप्परमा आगो लगाएका छन ।

चालक आफैंले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक राजन कुमार गौतमले जानकारी दिनुभयो ।

उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा गाडी मालिकको सहमतिमा बिग्रेको गाडीमा आगजानी गरेको पुष्टि भएको छ ।

विभिन्न चार राजनीतिक दलले आह्वान गरेको बन्दको मौका पारी बिहान गाडीमा आगजनी भएको देखेपछि चालक अरुण चौधरी र सहचालक आकाश चौधरीलाई नियन्त्रणमा लिइएको गौतमले जानकारी दिनुभयो ।

घोराही लमही सडकखण्डको बबई खोला पुलमा रा १ ख १६९४ नम्बरको टिप्परमा उनिहरुले आगो लगाएका थिए ।

Top Post Ad

post bottom ads

Ads Bottom