Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

फेसबुक ह्याक गरी बिभिन्न बाहाना बनाई रकम माग गर्ने व्यक्ति पक्राउ - Brighter Khabar


काठमाडौं, भदौ ८ गते  ।  सामाजिक सञ्जाल फेसबुक ह्याक गरी बिभिन्न बाहाना बनाई रकम माग गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।  

 फेसबुक ह्याक गरी ह्याक प्रोफाईलमा आवद्ध साथी, आफन्त तथा सहकर्मीलाई बिभिन्न बाहाना बनाई रकम माग गर्ने २० बर्षिय किरण पाठकलाई प्रहरीले पक्राउ गरेको हो ।  

प्रहरीका अनुसार करिव डेढ दर्जन भन्दा बढी महिला तथा पुरुषहरुबाट विभिन्न डिजिटल पेमेन्ट गेट वे मार्फत रकम जम्मा गर्न लगाई ठगी समेतको कार्य गर्ने जिल्ला मोरङ पथरी शनिश्चरे नगरपालिका वडा नं. १० मंगलबारे डाँडा बस्ने वर्ष २० को किरण पाठक पक्राउ परेका हुन् ।  

उक्त व्यक्तिलाई ब्यूरोबाट खटिगएको टोलिले जिल्ला प्रहरी कार्यालय मोरङसंग आवश्यक समन्वय गरी मोरङ जिल्ला, पथरी शनिश्चरे नगरपालिका वडा नं. १० मंगलबारेबाट यहि भदौ ७ गते पक्राउ गरेको हो ।

यस सम्बन्धमा नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्युरोले भनेको छ :

'सामाजिक सञ्जाल फेसबुक ह्याक गरी ह्याक प्रोफाईलमा आवद्ध साथी, आफन्त तथा सहकर्मीलाई बिभिन्न बाहाना बनाई रकम माग गरी करिव डेढ दर्जन भन्दा बढी महिला तथा पुरुषहरुबाट विभिन्न डिजिटल पेमेन्ट गेट वे मार्फत रकम जम्मा गर्न लगाई ठगी समेतको कार्य गर्ने जिल्ला मोरङ पथरी शनिश्चरे नगरपालिका वडा नं. १० मंगलबारे डाँडा बस्ने वर्ष २० को किरण पाठकलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा सम्मानित काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमती लिई यस ब्यूरोबाट खटिगएको टोलिले जिल्ला प्रहरी कार्यालय मोरङसंग आवश्यक समन्वय गरी मोरङ जिल्ला, पथरी शनिश्चरे नगरपालिका वडा नं. १० मंगलबारेबाट मिति २०७९-५-७ गते पक्राउ गरी सम्मानित काठमाडौं जिल्ला अदालतको मिति २०७९/०५/८ गतेको आदेशले दिन ५ (पाँच) म्याद थप अनुमती लिई आवश्यक अनुसन्धान कार्य भईरहेको ।'


Top Post Ad

post bottom ads

Ads Bottom