Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

अन्यत्र दुई पटक मुल्य घट्दा समेत निगमले घटाएन पेट्रोलको मूल्य - Brighter Khabar


साउन २२ ,  नेपाल आयल निगमले तत्काल इन्धनको मूल्य घटाउन नसकिने बताएको छ । निगमले यस अघि बुधबार विज्ञप्ति सार्वजनिक गर्दै पेट्रोलियम पदार्थमा अझै घाटा रहेकाले तत्काल मूल्य नघट्ने प्रष्ट पारेको हो ।

निगमले इण्डियन आयल कर्पोरेसनबाट मूल्य घटेर आए पनि बक्यौता तिर्न बाँकी रहेकाले तत्काल मूल्य घटाउन नसकिने विज्ञप्तिमा उल्लेख गरेकाे छ । निगमको घाटा अझै २३ अर्ब रहेकाले मूल्य यथावत् नै राख्नुपर्ने निगमले जनाएको छ ।

सरकारले पेट्रोलियम पदार्थको कर घटाउने बताए पनि नघटाएर शोध भर्ना दिँदा पेट्रोलियम पदार्थको मूल्य घटाउन समस्या भएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए।

उनले भने, ‘सरकारले पेट्रोलियम पदार्थमाथिको कर घटाउने भने पनि अहिलेसम्म नघटाएर शोधभर्ना दिइरहेको छ, जसकार कारण लागत नै बढी पर्ने र निगमको घाटा उच्च रहेकाले मूल्य घटाउन समस्या भएको हो ।’

निगमले जारी गरेको प्रेस विज्ञप्तिअनुसार भारतीय आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यमा पेट्रोलमा २ रुपियाँ ७८ पैसा नाफा, डिजेलमा ९ रुपियाँ ३७ पैसा घाटा, मट्टितेल तथा हवाई इन्धनमा केही नाफा तथा एलपी ग्याँसमा प्रति सिलिण्डर ४९९ रुपियाँ ५७ पैसा घाटा रहेको छ ।

पहिले पनि पेट्रोलियम पदार्थको मूल्य बढेर आउँदा कम मात्र मूल्य बढाएका थियौँ, अहिले केही घटेर आउने वित्तिकै मूल्य नघटेको निगमको भनाइ छ ।

गत असार ११ गते उद्योगमन्त्री दीलेन्द्रप्रसाद बडुले पत्रकार सम्मेलन गरेर सरकारले पेट्रोलमा प्रतिलिटर २० र डिजेलमा प्रतिलिटर २९ रुपैँया कर कटौती भएको बताएका थिए । तर, न पेट्रोलियम पदार्थमाथिको कर घटेको छ न त आयल निगमको घाटा नै कम भएको देखिएको छ ।

त्यसबेला मन्त्री बडुले अन्तराष्ट्रिय स्तरमा पेट्रोलियम पदार्थको मूल्य बढ्दा बढ्ने र घट्दा घट्ने बताएका थिए । तर, अन्यत्र दुईपटक मूल्य घटे पनि नेपालमा मूल्य घटेको छैन ।

एकातर्फ निगमको घाटा बढिरहेको छ भने अर्कोतर्फ वस्तुको ढुवानी लागत बढ्दा सर्वसाधारणले चर्को मूल्यवृद्धिको सामना गरिरहेका छन् । तर, कर घटाए ठूलो राजश्व रकम गुम्ने खतरा रहेको देखेपछि शोध भर्ना गरिरहेको निगमको बुझाई छ ।

पेट्रोलियम पदार्थमा लगाइएको करलाई घटाईदिने हो भने मूल्य घटाउन सजिलो हुने उपाध्याय बताउनुहुन्छ । गत आवमा करिब ५० अर्व रुपिँया निगमलाई नोक्सानी भएको निगमको दाबी छ ।

हाल निगमलाई १५ दिनमा नै ६३ करोड ५८ लाख रुपियाँ घाटा हुने स्थिति देखिएको निगमले जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom