Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ध्वनी प्रदूषणले बालबालिकाको स्मरणशक्ति कमजोर बनाउँछ, यो सामाग्री पढ्नुहोस - Brighter Khabar


पोखरा ,  विद्यालय जाने क्रममा बाटोमा हुने चहलपहल कारण बालबालिकाको स्मरणशक्ति कमजोर हुने एक अनुसन्धानले देखाएको छ। स्पेनको बार्सिलोना इन्स्टिच्युट फर ग्लोबल हेल्थका अन्वेषकहरूले बार्सिलोनाका ३८ विद्यालयमा अध्ययनरत बालबालिकामाथि अनुसन्धान गरेका थिए।


 ७ देखि १० वर्ष उमेर समूहका २ हजार ६ सय ८० बालबालिकामाथि गरिएको यस अनुसन्धानमा बाहिरी आवाजको स्तरमा ५ डेसिबलले पनि स्मरण क्षमता ११.५ प्रतिशतले घट्ने देखिएको थियो। जहाँ कठिन कार्यहरू गर्ने क्षमताको विकास पनि २३.५ प्रतिशत  प्रभावित हुने देखाएको थियो। यस कारणले गर्दा अध्ययनमा ध्यान ४.८ प्रतिशतले घट्छ। ध्वनी प्रदूषणले स्मरणशक्तिको विकासलाई सुस्त बनाउँछ।


यस अनुसन्धानका अन्वेषक जोर्डी सनियरले भन्छन्,‘हाम्रो अनुसन्धानले बाल्यकाल एक कमजोर अवधि हो भन्ने सिद्धान्तलाई समर्थन गर्दछ। ध्वनि प्रदूषणले किशोरावस्था अघि हुने स्मरणशक्ति विकासको प्रक्रियालाई सुस्त बनाउँछ। भविष्यमा यसलाई ध्यानमा राखेर कम कोलाहल र चहलपहल हुने ठाउँमा विद्यालय बनाउनुपर्छ।’


बाहिरी र भित्री आवाजको तुलना गर्दा, अन्वेषकहरूले भेट्टाए कि कोलाहलपूर्ण खेल मैदान भएका विद्यालयका बालबालिकाहरूले सबै परीक्षणहरूमा खराब प्रदर्शन गरे। यद्यपि, कोलाहलपूर्ण कक्षाहरूले बालबालिकाको ध्यानलाई मात्र असर गर्छ, उनीहरूको स्मृतिलाई होइन। अध्ययनका प्रमुख लेखक डा मारिया फोस्टरले औसत डेसिबल स्तरभन्दा माथि घरभित्रको आवाज न्युरो डेभलपमेन्टका लागि खतरा हुनसक्ने निष्कर्ष निकालेको बताइन्।


बढी प्रदुषण र ट्राफिक भएको क्षेत्रका बालबालिका मोटोपनको शिकार समेत भएका छन्।

युनिभर्सिटी इन्स्टिच्युट फर प्राइमरी केयर रिसर्च जोर्डी गोलका अन्वेषकहरूले पत्ता लगाएका छन् कि उच्च वायु प्रदूषण, ध्वनि प्रदूषण र ट्राफिक भएको क्षेत्रमा बस्ने बालबालिकाहरू मोटो हुने सम्भावना बढी हुन्छ। स्वास्थ्य खबर 

Top Post Ad

post bottom ads

Ads Bottom