Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ट्रक दुर्घटना हुँदा एक जनाको ज्यान गयो - Brighter Khabar


गुल्मीमा ट्रक दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर ट्रक चालक गुल्मी दरवार निवासी अन्दाजी ३५ वर्षका रनबहदुर ढेगाको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रहरी सहायक निरीक्षक कृष्णप्रसाद आचार्यले जानकारी दिनु भएको छ ।

आज बिहान जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–१० मा सिमिचौरबाट तम्घासको देउराली तर्फ आउँदै गरेकोलु १ ख १८६६ नम्बरको ट्रक दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेको ट्रक सडकबाट करिव १५० मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेको ट्रक र चालकलाई नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीयले उद्धार गरेका छन् ।

Top Post Ad

post bottom ads

Ads Bottom