स्याङ्गजा , साउन २८ ।
स्याङ्गजामा भीरबाट लडेर एक बृद्वको ज्यान गएको छ ।
आज शनिबार बिहानै घाँस काट्न गएका आँधीखोला गाउँपालिका–२ रंगेठाटीका एकसठ्ठी बर्षीय देव सार्की नाम गरेका बृद्वको भीरबाट लडेर ज्यान गएको हो ।
स्थानीयका अनुसार घाँस काट्दै गर्दा उनि अचानाक लडेर झण्डै ८० मिटर तल पुगेका थिए । भीरबाट लडेका उनको लडेपछि घटना स्थलमै ज्यान गएको हो ।
यो पनि :
कालीगण्डकी किनारमा नुहाउने क्रममा अचानक नदीले बगाई बेपत्ता बनाएपछि तत्काल प्रहरी परिचालन गरी खोजलतास गरे पनि फेला पार्न नसकिएको प्रहरीले जनाएको छ । साँझ अबेरसम्म प्रहरी टोलीले खोजतलास गर्दा फेला नपरेको र खोजी जारी रहेको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।
महाकाली नदीमा बगेर दुई किशोरी बेपत्ता
महाकाली नदीमा बगेर शुक्रबार बैतडीका दुई किशोरी बेपत्ता भएका छन् । बेपत्ता हुनेमा दशरथचन्द नगरपालिका–८ का १६ वर्षीया कविता टमटा र १५ वर्षीया सङ्गीता टमटा रहेको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले जानकारी दिनुभयो ।
शुक्रबार दिउँसो एक बजे नहाउने क्रममा महाकाली नदीस्थित नगतडीबाट बेपत्ता भएका भए पनि प्रहरी र प्रशासनलाई भने बेलुका खबर गरिएको जनाइएको छ ।
किशोरी बेपत्ता भएका खबर पाउनासाथ सुरक्षा निकाय परिचालन गरिएको छ । घटनाबारे बुझ्नका लागि सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीसमेत घटनास्थलतर्फ जानुभएको छ ।