Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

स्वतन्त्र पत्रकार संघ कास्कीद्वारा पोखराका तीन विशिष्ट नारी प्रतिभा सम्मानित - Brighter Khabar

 


पोखरा, भदौ ५ गते  स्वतन्त्र पत्रकार संघ कास्कीले विशिष्ट नारी सम्मान तथा सञ्चार क्षेत्रमा महिला सहभागिता विषयक अन्तरक्रियासहित संघको १० औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

सञ्चारमा क्रियाशील महिलालाई सक्षम बनाउने, प्रोत्साहन गर्ने र नारी दिवसमा महिला पत्रकार सम्मान कार्यक्रम सञ्चालन गर्दैै आएको संघले सोही शृङ्खला अन्तर्गत महिलाहरूको महान् पर्व तीजको पूर्व सन्ध्यामा तीन जना प्रतिभालाई विशेष सम्मान अर्पण गरेको हो । 

यसरी सम्मानित हुनेमा पोखरा महानगरका ३३ वडामध्ये एकमात्र वडामा महिला वडाध्यक्ष निर्वाचित हुन सफल पोखरा १७ की राधिकाकुमारी शाही, मोफसलको पत्रकारिताबाट नेपाल पत्रकार महासंघको खुला केन्द्रीय सदस्यमा निर्वाचित हुन सफल अधिवक्ता सरिता तिम्सिना पगेनी र रेडियो नेपाल प्रादेशिक प्रशारण केन्द्रको कार्यक्रम अधिकृत रहेर दीर्घसेवाबाट सम्मानित शान्ति राणा रहेका छन् ।

सम्मानित शाही, राणा र पगेनीलाई संघका राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद बास्तोला, जिल्ला अध्यक्ष असफल गौतम, नेपाल पत्रकार महासंघ कास्की उपाध्यक्ष जमुना शर्मा वर्षा, सञ्चारिका समूह गण्डकी अध्यक्ष कविता श्रेष्ठलगायतले संयुक्त रूपमा खादा, माला, अविर, सम्मानपत्र र दोसल्लाले सम्मान अर्पण गरेका थिए । 

तीन सत्रमा सम्पन्न कार्यक्रममध्ये अन्तरक्रिया सत्रकी प्रमुख अतिथि पोखरा १७ की वडाध्यक्ष राधिकाकुमारी शाहीले महिलाहरू नेतृत्व तह र नीति निर्माण तहमा महिला सहभागिता संघर्षपूर्ण रहेको बताइन् । उनले सिङ्गो महानगरमा एक मात्र महिला अध्यक्ष हुनुले पनि महिलाले नेतृत्व तहमा पुग्न सहज अवस्था नरहेको प्रष्टयाइन् ।

अन्तरक्रियामा नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य सरिता तिम्सिना पगेनी र रेडियो नेपाल प्रादेशिक प्रशारण केन्द्रकी कार्यक्रम अधिकृत शान्ति राणाले सञ्चारमा महिला सहभागिता विषयमा अवधारणापत्र प्रस्तुत गरेका थिए ।

अवधारणापत्र प्रस्तोता शान्ति राणाले २००८ सालदेखि नेपालको पत्रकारितामा महिलाको सहभागिता हुन थाल्दा पनि वर्तमान अवस्था सन्तोषजनक नभएको बताइन् । राणाले पत्रकारिता क्षेत्रमा आर्थिक पक्ष सबल नहुनु र सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिक पूर्ण कार्यान्वयनमा नआउँदा यो क्षेत्रबाट विस्तापित हुने अवस्था बढ्दै गएको धारणा राखिन् ।

नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य सरिता तिम्सिना पगेनीले सञ्चारमा महिला पत्रकार न्यून हुनुका पछाडि सञ्चार गृह महिलामैत्री भएको धारणा राखिन् ।

नेपाल पत्रकार महासंघ कास्की उपाध्यक्ष जमुना शर्मा वर्षाले हरेक नीति निर्माण तहमै महिला सहभागिताको कमीले अधिकांश सञ्चार संस्था महिला–मैत्री नहुँदा सञ्चारमा महिलालाई टिक्न समस्या रहेको बताइन् ।

सञ्चारिका समूह गण्डकी अध्यक्ष कविता श्रेष्ठले यस्ता महिला सञ्चारकर्मी केन्द्रित कार्यक्रमले सञ्चारमा महिला सहभागिता बढाउन प्रेरणा मिल्ने बताउँदै संघलाई यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्न सुझाव दिइन् ।

प्रेस युनियन कास्कीका कार्यवाहक अध्यक्ष रविना आले मगरले आफूँ काखमा बच्चा बोकेर भए पनि सञ्चार कर्ममा निरन्तर रहेको बताउँदै प्रत्येक महिला पत्रकार स्वयम्लाई क्रियाशील हुन सुझाव दिइन् ।

संघका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले महिला घरायसी काममै सीमित रहे हुने थियो, आफ्ना जहान परिवार परपुरुषसँग नबोली दिए, नहिँडी दिए हुने थियो भन्ने पुरातन सोचबाट नेपाली समाज ग्रसित भएकाले सञ्चारमा महिला सहभागिता फस्टाउन नसकेको धारणा राखे ।

संघका राष्ट्रिय पार्षद् नारायण कार्कीले स्वतन्त्र पत्रकारिता कठोर तपस्या रहेको बताउँदै संघ स्थापनाको १० औं वर्षसम्म ल्याई पु¥याउन सहयोग गर्ने सम्पूर्णप्रति आभार व्यक्त गरे ।

Top Post Ad

post bottom ads

Ads Bottom