पहिले पहिले तिजमा फुफुहरू आउनु हुन्थ्यो,
आउँदा सुन्तला मिठाई,
अलिअलि स्याउ र केरा बोकेर आउनु हुन्थ्यो,
घरै मगमगाउथ्यो, अनि पो तिज आए झैँ लाग्थ्यो।
बाबालाई चाडबाडको सौधा बाजी गर्न चटारो पर्थ्यो, पहाडबाट मधेश झर्न पर्थ्यो, नुन तेल र चिनीको जोहो गर्नु पर्थ्यो, हटिया भरेर फर्किदा फुपुलाई लिएर आउनु हुन्थ्यो, अनि पो तिज आए जस्तो हुन्थ्यो!
तिजको पुर्व सन्ध्यामा फुपुहरू राती उठेर दर पकाउनु हुन्थ्यो, दरमा खीर ढकने वा चाम्रे पाक्थ्यो
पाकी सकेपछि सबैलाई उठाउनु हुन्थ्यो, सबै मिलेर आधा रातमा दर खाईन्थ्यो, अनि पो तीज आएझैँ लाग्थ्यो।
तिजको बिहानै फुपुहरू पधेरीतिर वा खेलातिर नुहाउन जानुहुन्थ्यो, सकेसम्म पानी नपिई ब्रत बस्नु हुन्थ्यो, श्रीमानको लामु आयु र सन्तान सुखको आरधना गर्नुहुन्थ्यो, अनि पो तिज आएझै लाग्दथ्यो।
पहिले पहिले ब्रत बस्नलाई खानपान सुद्ध हुन्थ्यो, माछामासु पर सारीन्थ्यो। आजकल मासुभात बिना केही चाडबाड सुरू हुँदैनन्, आस्था र बिस्वास छैनन्, सुख र शान्तीको कामना छैन, खाने र देखाउनेको देखासिखी छ। लाग्छ तीज मनाउने तरीका फेरियो, बास्तवमा, मान्छेहरूको आश्था, सोच र बिचार फेरियो।
आजकल, दर दारूमा रूपान्तरण हुन थाल्यो, तिजको नाममा फेसन अनि राम्रा२ लता कपडा, एक महिना अगाडीदेखी पार्टी र भोज अनि गाना बजाना चल्न थाल्यो।
हुन त भएका नारीहरू पनि जेलमै टिकटक र नाचगानमा ब्यस्त छन, अनि मेरा प्रिय फुपुहरू पनि त
स्वर्गमा हुनुहुन्छ!
वर्षै पिच्छे तीज आउँछ र जान्छ, मन गहरुङ्गो र उदास बनाएर जान्छ! संस्कार र संस्कृतिको पालना भईरहदा पो तीज आए झैँ लाग्दथ्यो!
सबैलाई हरीतालीका तीजको सुभकामना 🙏
-अन्जान मुना , हाल न्युजिल्यान्ड