शिव सिलवाल |
भरतपुर , साउन २० । माथिबाट बगेर आएको गेग्रानको कारण नारायणगढ-मुगलिङ सडक अबरुद्ध भएको छ ।
भरतपुर नगरपालिकाको केराबारी नजिक महुरी पुल भन्ने स्थानमा सडक अवरुद्ध भएको हो ।
सडक माथिबाट पहिरोकै रुपमा ग्रेगान बगेर आएकोले तत्काल सडक सञ्चालन हुने अवस्था नरहेको हाम्रा सम्वाददाता शिव सिलवालले जनाएका छन् ।
सडक अवरुद्ध हुँदा राजमार्ग भएर चल्ने सवारी आवागमन पनि प्रभावित भएको छ ।-