तनहुँको शुक्लागण्डकी नगरपालिका-२ कोत्रेस्थित गुवेखोलामा माछा मार्ने क्रममा करेन्ट लागी दुई जनाको ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार विद्युतीय तारको प्रयोग गरी माछा मार्ने क्रममा दुई जनाको ज्यान गएको र एक जना घाइते भएका हुन् । मृत्यु हुनेमा पाल्पाको निस्ती गाउँपालिका-५ घर भइ हाल कोत्रेमा बंगुर फार्ममा काम गर्दै २२ वर्षका चित्रबहादुर ब्याम्बो र उनका ९ महिनाका छोरा आदी ब्याम्बो रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक युवराज खड्काले जानकारी दिए ।
स्थानीयका अनुसार अचानक करेन्ट लागि तीनैजना गम्भीर घाइते भएका थिए।
घाइते भएकी १९ वर्षया दिलमाया ब्याम्बोको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको छ ।