Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

आँफू प्रधानमन्त्री बनेपछि देश कायापलट हुन्छ - नेता सिंह - Brighter Khabar


साउन २१ गते । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री बनेर नेपालको विकास गर्ने चाहना रहेको बताएका छन्  ।

शनिबार काठमाडौंमा आयोजित गुह्वेश्वरी बाल शिक्षा माध्यामिक विद्यालयको नवनिर्मित भवन उद्घाटन एवं सम्मान तथा पुरस्कार वितरण समारोहमा सम्बोधन गर्दै उनले  देशको विकास गर्ने छुट्टै प्रकारको रोडम्याप आफूसमक्ष रहेको बताएका हुन् । 

आफूसँग भिन्न प्रकारको अनुभव रहेको, असल नियत भएकाले देशको कसरी कायापलट हुन्छ भन्नेकुरा आफू प्रधानमन्त्री बनेपछि जनताले अनुभव गर्ने बताए  । 

उनले भने   ‘नेपालको प्रगतिलाई अघि बढाउन ग्रिन इनर्जीको विश्वमा वातावरण आइरहेको छ । प्रदूषणको कारणले गर्दा मानवजातिले कल्पना नै नगरेको समस्या भोग्नु परिरहेको छ । नेपालका विज्ञहरु हाइड्रोबाट उत्पादन हुने ग्रिन इनर्जी आफ्नो ठाउँमा छ, विकासले फड्को मारिसकेको छ । ग्रिन इनर्जी पनि हाइड्रो इनर्जी भन्दा सस्तो हुने गरेर नेपालमा चिप रुपमा हाइड्रो उत्पादन गर्नसक्ने राष्ट्र हो ।’ 

Top Post Ad

post bottom ads

Ads Bottom