Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

शनिबार गर्नै नहुने कुराहरु यस्ता छन् , जान्नुहोस कुन राशिमा शनिको प्रभाव कस्तो रहन्छ त - Brighter Khabar


शनिवारको दिन शनिदेवको विशेष दिन हो । र, शनिदेवलाई न्यायका देवता मानिन्छ । शनिदेवलाई प्रसन्न गर्नका लागि यस दिन सर्सिउको तेल, कालो तिल आदी चढाइन्छ ।

यस दिन नयाँ काम गर्दा सफल हुने पनि बिश्वास छ ।  न्यायको देवता मानिने शनिदेवलाई खुसी बनाउन खाने कुरामा सावधानी अपनाउनु पर्छ।

ज्योतिषीय मान्यता अनुसार जसको कुण्डलीमा शनिदोष हुन्छ उनीहरुले शनिदेवको पूजा गर्न जरुरी छ । शनिवारको दिन केही काम गर्न वर्जित कामहरु :

१. नुनको खरिद पनि शनिवार बर्जित गरिएको छ । उक्त दिन नून किन्दा घरमा दरिद्रता भित्रन्छ ।

२. शनिवारका दिन रातो खुर्सानी नखानुहोस् । त्यसको सट्टा कालो या हरियो खुर्सानिको प्रयोग गर्नु उपयुक्त हुन्छ ।

३. शनिवारको दिन रक्सी पिउनाले कुन्डलीमा शुभ शनि हुँदा हुँदै पनि शनिको शुभ फल प्राप्त हुँदैन ।

४. शनिवारको दिन दुध या दही सेवन गर्दा त्यसमा वेसार वा सख्खर राखेर पिउनु पर्छ ।

५. शनिवारको दिन घरमा फलाम या फलामबाट बनेका बस्तु ल्याउन हुँदैन ।

६. काठबाट बनेका सामान पनि शनिवार किन्न अशुभ मानिन्छ ।

७. शनिवार सर्सिउको तेल दानको महत्व छ तर त्यस दिन किन्न हुँदैन ।

८. शनिवारको दिन कालो रंगको लुगा या जुत्ता किन्न लाग्नु भएको छ भने विचार गर्नुहोस् शनिवार यस्तो वस्त्र किन्न उपयुक्त हुँदैन ।

९. शनिदोष भएका व्यक्तिले केही खानेकुराहरु भूलेर पनि खान हुदैन । यस दिन आपँको अचार खानुहुँदैन । शनि देव अमिलो चिजको विरोधी भएकाले यस्ता चिजहरु नखानु नै राम्रो हुन्छ ।

के हो साढे सात दशा ?

ज्योतिषका अनुसार साढे सात दशाले ठुलो अनिष्ठ निम्त्याउँछ । मानिसको मृत्युसम्मै हुनसक्ने दशा हो, साढेसाती । शनिको दशा र बक्र दृस्टी जसमा पर्छ उनीहरुले शारीरिक समस्या, मानसिक कष्ट, आर्थिक कष्ट, र रोग आदि लगायतको समस्याहरु झेल्नु पर्छ । शनि ग्रहलाई न्याय र कर्मफलको कारक ग्रहको रुपमा चिन्ने गरिन्छ। अपवादका रुपमा मात्रै मानिसलाई साढे सात दशाले लाभ गर्छ । नत्र तपाईको दशाले पुरै परिवार अनिष्ट गर्छ साढेसातीले । शनिको साढे सातको दशा कुण्डलीको अध्ययन गरेर मात्रै थाहा हुन्छ । ज्योतिषको अनुसार शनि ग्रहको साढे सातको दशा ७ वर्षसम्म चल्छ ।


तर नआत्तिनुहोस् तर शनिदेवलाई खुशी पारेर तपाईले आफ्नो जीवनमा नयाँ उर्जा ल्याउन सक्नुहुन्छ । शनिको साढे सात दशाको दोष निवारण गर्न पनि सकिन्छ ।


-शनिबार पारेर फलामका सामाग्री शनिदेवको मन्दिरमा चढाउनुपर्छ ।


-हरेक शनिबार शनिको पुजा गर्नुहोस्


-पिपलको बोटमा पनि विशेष पूजा गर्नुहोस् ।


-खुर्सानीमा पानी छर्कनु पनि राम्रो मानिन्छ ।


-शनिबार कालो तिल दान गर्नुहोस्।


-ज्योतिष शास्त्रका अनुसार छालाका जुत्ता र चप्पल पनि दान गर्दा शुभ मानिन्छ। 


-हरेक हप्तामा शमीको रूखलाई पनि पूजा गर्नुहोस्।


-हर शनिबार हनुमानको सामुन्ने सर्सुको तेलको दीप बाल्नुहोस् ।


-नुवाईधुवाई गरी हनुमान चालीसाको पाठ गर्नुहोस् ।


जान्नुहोस् कुन राशिमा के असर पार्छ  ?

मेष राशिमा शनिको साढे सातको समस्या देखा परेमा कामको तनाव र चिन्ता बढि हुने भएकाले कुनै पनि निर्णय हतारमा नलिनू ।


वृष राशिमा शनिको साढे सातको समस्या देखा परेमा कुनै कुराको थालनी पूर्व आफन्त वा विश्वासी नाताका मानिससंग सल्लाह लिनू ।


मिथुन राशिमा शनिको साढे सातको समस्या देखा परेमा आर्थिक विषयमा सोचविचार गर्नू ।


कर्कट राशिमा शनिको साढे सातको समस्या देखा परेमा जान्नेबुझ्ने जानकार व्यक्तिसँग परामर्श गरेर अघि बढ्नू ।


सिंह राशिमा शनिको साढे सातको समस्या देखा परेमा कुनै पनि सवारी साधन प्रयोग गर्दा होस पुर्याउनू ।


कन्या राशिमा शनिको साढे सातको समस्या देखा परेमा नहतारीकन सुझबुझका साथ काम गर्नू


तुला राशिमा शनिको साढे सातको समस्या देखा परेमा प्राप्त भएको धन समेत हातबाट फुत्कने भएकोले ख्याल पुर्याउनू ।

वृश्चिकमा शनिको साढे सातको समस्या देखा परेमा अपजस तथा अवरोध खेप्नुपर्ने भएकोले होसीयारी हुनू ।


धनु राशिमा  शनिको साढे सातको समस्या देखा परेमा मेहनत अनुसारको फल पाउन सकिन्न । शंका गर्नेहरु बढ्छन् । बेचैनी बढ्छ । विवाद झेल्नुपर्छ । सचेत हुनू ।


मकर राशिमा साढे सातको समस्या देखा परेमा ठुलो निर्णय लिनु चुक्नुहुनेहुँदा सुझाव लिएर काम गर्नू


कुम्भ राशिमा साढे सातको समस्या देखा परेमा खुट्टा तान्नेहरु सक्रिय हुने भएकोले शनिलाई प्रसन्न गराउर्नू


मीन राशिमा साढे सातको समस्या देखा परेमा भाग्य अनुकूलता नभएमा जस्तो मेहनत गरेमा पनि बनेको काम फूत्कन्छ ।

शान्त रहन हरेक शनिबार तेल दान गर्नुपर्छ।

यो पनि तपाईको लागि :

एजेन्सी,न्युयोर्क। कफी पिउँदा मुटु रोग लाग्नुको सट्टा जोगाउन सकिने एउटा अध्ययनले देखाएको छ । कफीको प्रयोगलाई लिएर केही चिकित्सक र सर्वसाधारणमा चिन्ता बढ्दै गइरहेका बेला पछिल्लो अध्ययन सार्वजनिक भएको हो ।


बिहीबार प्रकाशित तीन ओटा अनुसन्धानका सारअनुसार दैनिक दुईदेखि तीन कप कफी पिउनाले मुटुसम्बन्धी रोग, हृदयघात वा मुटुसम्बन्धी समस्या वा कुनै पनि कारणले चाँडो मृत्यु हुने खतरा १०% देखि १५% सम्म कम हुन्छ ।


अध्ययन समूहका वरिष्ठ लेखक डा. पिटर एम किस्लरले एउटा विज्ञप्तिमा भनेका छन्, ‘ कफीले मुटुको धड्कन तीव्र पार्ने हुनाले यो पिउँदा मुटुसम्बन्धी समस्याहरू निम्तिन सक्ने भन्दै कोही चिन्तित छन् । कफी पिउन बन्द गर्ने सामान्य चिकित्सा सल्लाह यहीँबाट आउन सक्छ ।’


सबै तीन अध्ययनहरूमा, किस्टलर र अन्य अनुसन्धानकर्ताहरूले यूके बायोबैंकको तथ्यांक प्रयोग गरेका थिए । यसले कम्तिमा १० वर्षको ५ लाख भन्दाबढी मानिसहरूको स्वास्थ्य अवस्था देखाउँछ ।


यी अध्ययनका लेखकहरूले कफी पिउने र मुटुको समस्या (एरिथमिया) र हृदय रोगबीचको सम्बन्ध पत्ता लगाउन खोजेका थिए ।

Top Post Ad

post bottom ads

Ads Bottom