सांकेतिक तस्विर |
पोखरा , साउन १६ गते । अविरल वर्षाका कारण गएराति कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ६ डिहिगोपाटन स्थित भाडामा बस्दै आएका २६ बर्षे सन्तोष सुनारको ज्यान गएको छ ।
घरको कोठा भत्किदाँ सोही घरमा डेरा गरी बस्ने सन्तोषको ज्यान गएको स्थानीयले बताएका छन् ।
अविरल बर्षा संगै सुतिरहेको अवस्थामा कोठा भत्किंदा माछापूच्छ्रे गाउँपालिका १ तातोपानीकी २७ वर्षे सुनिता सुनार घाइते भएको खबर प्राप्त भएको छ ।
घाइते सुनिताको अहिले पोखरा स्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।