Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

सभामुख वा उपसभामुखले तत्कालै दलीय आवद्धताबाट अलग हुनुपर्ने व्यवस्था भए पनि मधेस प्रदेशमा ठिक उल्टो -Brighter khabar


सभामुख र उपसभामुख बन्न सांसद हुनुपर्छ। तर, जब कुनै पार्टीको सांसद सभामुख वा उपसभामुख निर्वाचित हुन्छ तब तत्कालै दलीय आवद्धताबाट अलग हुनुपर्छ। संसद्को साझा नेता बन्नुपर्छ। संघीय संसद्देखि प्रदेशसभाको अभ्यास र परम्परा यही हो। तर, मधेस प्रदेशकी उपसभामुखले भने यस व्यवस्थाको उल्लंघन गरेकी छन्।

मधेस प्रदेशकी उपसभामुख उपमा देव जसपाको केन्द्रीय समितिमा बसेकी छन्। वीरगन्जमा सम्पन्न जसपाको केन्द्रीय कार्यसमितिको निर्णयलाई आइतबार जारी गरिएको परिपत्रमा देवको नाम केन्द्रीय सदस्यको ६७ नम्बरमा राखिएको छ।

संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको समूह अलग भएपछि केन्द्रीय समितिलाई पुनर्गठन गर्दै बसेको सो बैठकले ४६६ सदस्यीय केन्द्रीय समिति पुनर्गठन गरेको हो। पार्टी अध्यक्ष उपेन्द्र यादवद्वारा हस्ताक्षरित परिपत्रमा सदस्यहरूको विवरण अद्यावधिक गराउन निर्वाचन आयोगमा समेत पठाउने निर्णय भएको छ।  अन्नपूर्ण पोस्टमा समाचार छ ।

Top Post Ad

post bottom ads

Ads Bottom