Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

अभिनेता पल शाहको मुद्दाको पेसी भदौको ८ र १५ गतेको लागि तोकियो - Brighter Khabar

 


 भदौ ७ गते । अभिनेता पूर्णविक्रम उर्फ पल शाहको जबरजस्ती करणी विरुद्धको मुद्दाको पेसी भदौको ८ र १५ गतेको लागि तोकिएको छ। नवलपुर जिल्ला अदालतमा  भदौ ८ र तनहुँ जिल्ला अदालतमा १५ गतेका लागि पेशी तोकिएको तनहुँ कारागारका निमित्त जेलर नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो।

बलात्कारको अभियोग लागेका शाह पुर्पक्षका लागि तनहुँ कारागारमा थुनामा हुनुहुन्छ। प्रमाण बुझ्नको लागि बुधबार पेसी तोकिएको शाहको पक्षबाट वकालत गर्नु भएका वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले जानकारी दिनुभयो। नवलपुरमा घटना विवरणका मानिससँग बुझ्न बाँकी रहेकोले पेसी तोकिएको अधिवक्ता बाग्लेले बताउनुभयो। जाहेरीवाला, साक्षी, पीडित भनिएको लगायत घटना विवरणसँग सम्बन्धित मानिससँग बुझ्ने काम हुने उहाँले जानकारी दिनुभयो। तनहुँ अदालतमा सबै काम पुरा भइसकेको वरिष्ठ अधिवक्ता वाग्लेले बताउनुभयो। तनहुँ अदालतले भने अभिनेता शाहलाई बिना धरौटी छाड्ने, धरौटीमा छोड्ने वा थुनामै राख्ने भन्ने बारे फैसला आउनसक्ने उहाँको भनाइ छ। 

गत फागुन ११ गते बालिकाका बुवाले आफ्नी बालिका छोरीमाथि शाहले पटक पटक जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिनु भएको थियो। शाह फागुन १५ गते उक्त प्रहरी कार्यालयमा आफै सम्पर्कमा आउनु भएको थियो। शाहविरुद्ध नवलपुरमासमेत अर्को जाहेरी परेको थियो। 

उक्त अभियोगमा तनहुँ जिल्ला अदालत र नवलपुर जिल्ला अदालतले तत्काल प्राप्त प्रमाणबाट कसूरदार होइनन् भन्न नसकिने भन्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। दुवै जिल्ला अदालतको आदेशविरुरुद्ध शाह पुनरावेदन गर्न उच्च अदालत पोखरा पुग्नु भएको थियो। पहिले बलात्कार गरेको भन्दै जाहेरी दिए पनि पछि पीडित भनिएकी बालिका र उहाँका बुवाले समेत दुवै अदालतमा बलात्कार हैन भन्दै वयान फेरेपछि मुद्दालाई चासोका साथ हेरिएको छ। 

शाहलाई धरौटीमा छोड्ने वा थुनामै राख्ने भन्ने भदौ १५ गते फैसला आउन सक्ने बताइएको छ।  शाहलाई तनहुँ र नवलपुर जिल्ला अदालतले तत्काल प्राप्त प्रमाणबाट कसूरदार होइनन् भन्ने नसकिने भन्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। दुवै जिल्ला अदालतको आदेशविरुद्ध शाह पुनरावेदन गर्न चैत १८ गते र वैशाख १३ गते उच्च अदालत पोखरा जानु भएको थियो। 

बलात्कारका मुद्दामा अभियुक्त बनाइएका पल शाहले आफू निर्दोष रहेको भन्दै थुना बाहिरबाटै मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने माग राख्नु भएको छ। तनहुँ जिल्ला अदालत र नवलपुर जिल्ला अदालतको थुनामै पठाउने आदेशविरुद्ध शाहले गत उच्च अदालत पोखरामा निवेदन दर्ता गराउनु भएको थियो। उच्च अदालत पोखराले शाहलाई थुनामै राख्न आदेश दिएको थियो। 

Top Post Ad

post bottom ads

Ads Bottom