Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

चुनाव प्रचारप्रसारमा २५ जनाभन्दा बढी व्यक्ति सहभागी हुन नपाउने- Brighter Khabar


काठमाडौं, भदौ ६ गते । निर्वाचन आयोगले चुनाव प्रचारप्रसारमा २५ जनाभन्दा बढी व्यक्ति सहभागी हुन नपाउने प्रस्ताव गरेको छ । सोमवार निर्वाचन आचारसंहिताका विषयमा राजनीतिक दलहरूसँग भएको छलफलको विषयमा जानकारी दिँदै निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सो प्रस्ताव अघि सारिएको बताउनुभयो । 

२५ जना मात्रै जान मिल्ने आचारसंहिता ल्याउने प्रस्ताव गरिएको उहाँले बताउनुभयो ।

चुनावमा मतदातालाई अनेकौं प्रलोभन पार्ने तथा सांसदहरुले नै निर्वाचन लड्न कठिन भएको गुनासोका आधारमा आयोगले तोकेको खर्च गर्नेगरी प्रचार प्रसारका लागि २५ जना मात्रै जान मिल्ने आचारसंहिता ल्याउने प्रस्ताव गरिएको उहाँले बताउनुभयो । निर्वाचनमा उम्मेदवार नभएको राजनीतिक दलको चुनाव चिन्ह मतपत्रमा समावेश नगर्ने तयारी भएको पनि उहाँको भनाइ छ । 


निर्वाचनमा भाग नलिएको दलको चुनाव चिन्ह राख्नु सैद्धान्तिक र व्यावहारिक रुपमा ठीक नभएको प्रवक्ता पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, “जुन पार्टीको उम्मेदवार निर्वाचनमा भाग लिन्छ, त्यही पार्टीको निर्वाचन चिन्ह मात्रै राख्ने आयोगको धारणा छ, कुनै दललाई लक्षित गरेर गर्न खोजिएको होइन ।” 

प्रवक्ता पौडेलले निर्वाचन आचारसंहिताको विषयमा सबै राजनीतिक दलहरुको मिश्रित सल्लाह सुझाव आएको बताउनुभयो । आयोगले राजनीतिक दलका सबै सुझावलाई विश्लेषण गरेर राजपत्रमा प्रकाशित गर्ने तयारी गरेको बताउनुभयो । 

आगामी निर्वाचनको तयारीका सन्दर्भ, खर्चको सीमाको विषयमा केन्द्रित भएर दलका प्रतिनिधिहरुसँग छलफल भएको पनि उहाँले जानकारी दिनुभयो । राजनीतिक दलको परामर्शमा आगामी निर्वाचनका लागि सल्लाह सुझाव लिएर निर्वाचन आचारसंहिता परिमार्जन, संशोधन गर्न राजनीतिक दलसँग छलफल भएको प्रवक्ता पौडेलको भनाइ छ । 

राजनीतिक दलहरुलाई आचारसंहिता पालना गर्ने जिम्मेवारी लिन निर्वाचन आयोगले आग्रह गरेको छ । उम्मेदवार भए पनि निर्वाचन लड्न समस्या भयो भन्ने भनाइलाई मनन गरेर २५ जनासम्म भेला भएर प्रचारप्रसार गर्नुपर्ने आयोगको धारणा रहेको उहाँले बताउनुभयो ।  

Top Post Ad

post bottom ads

Ads Bottom