Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

जिल्ला प्रशासन कार्यालय कास्कीद्वारा जारी अत्यन्त जरुरी सुचना - Brighter Khabar

पोखरा , भाद्र २ गते ।  जिल्ला प्रशासन कार्यलय कास्कीले चाड पर्व नजिकिए सँगै भडकिला कार्यक्रम नगर्न नगराउन सूचना जारी गरेको छ । 

कास्कीले आफ्नो परम्परा, सामाजिक रिति रिवाजलाई निरन्तरता दिने तथा सम्बर्द्धन गर्ने बाहेक अन्य कुनै पनि खालका खर्चिला तथा महंगा तिजसँग सम्बन्धित कार्यक्रम सञ्चालन नगर्न सुचित गराएको हो ।

सुचनामा धार्मिक, सामाजिक तथा सांस्कृतिक पर्वहरु मनाउने सम्बन्धमा सामाजिक व्यवहार (सुधार) ऐन र नियमावली, २०३३ ले व्यवस्थित र नियमित गरेको कुरा उल्लेख छ ।

'सुसंस्कार कायम गर्ने यस कार्यमा राजनीतिक दल, नागरिक समाज, पेशागत संघ संस्थाहरु, संचारकर्मीहरु र महिला सञ्जाल तथा सम्पूर्ण जिल्लावासीहरुबाट सहयोगको अपेक्षा गरिएको छ' ,  सुचनामा भनिएको छ ।

ऐन नियमको विपरित हुने गरी कोही कसैले अनावश्यक भडकिलो रुपमा तामझाम, तडकभडक र खर्चिलो हुने गरी तिज कार्यक्रमहरु गरे गराएमा कानून बमोजिम कारवाही हुने कास्की प्रशासनले जनाएको छ ।

सुचनामा भनिएको छ :  'महिलाहरुको महान चाड हरितालिका तिज नजिकिदै गइरहेको छ, विगत केही वर्ष यता हरितालिका तिज पर्व मनाउने नाममा विभिन्न तडक भडक सहितका अत्यन्त खर्चिला कार्यक्रम गर्ने गरेकोमा विगत केही वर्ष देखि यस कार्यालयले त्यस्ता भडकिला कार्यक्रम नगर्न नगराउन सूचना जारी गरेपछि यस्ता क्रियाकलापहरुमा कमी आएको पाइएको छ ।

यस्तो धार्मिक, सामाजिक तथा सांस्कृतिक पर्वहरु मनाउने सम्बन्धमा सामाजिक व्यवहार (सुधार) ऐन र नियमावली, २०३३ ले व्यवस्थित र नियमित गरेको छ । तसर्थ आफ्नो परम्परा, सामाजिक रिति रिवाजलाई निरन्तरता दिने तथा सम्बर्द्धन गर्ने बाहेक अन्य कुनै पनि खालका खर्चिला तथा महंगा तिजसँग सम्बन्धित कार्यक्रम सञ्चालन नगर्न नगराउनु हुन सम्पूर्ण जिल्लावासीहरुमा अनुरोध गरिन्छ । सुसंस्कार कायम गर्ने यस कार्यमा राजनीतिक दल, नागरिक समाज, पेशागत संघ संस्थाहरु, संचारकर्मीहरु र महिला सञ्जाल तथा सम्पूर्ण जिल्लावासीहरुबाट सहयोगको अपेक्षा गरिएको छ । ऐन नियमको विपरित हुने गरी कोही कसैले अनावश्यक भडकिलो रुपमा तामझाम, तडकभडक र खर्चिलो हुने गरी तिज कार्यक्रमहरु गरे गराएमा कानून बमोजिम कारवाही हुने व्यहोरा समेत यसै सूचनाद्वारा जानकारी गराईन्छ ।' 


Top Post Ad

post bottom ads

Ads Bottom