Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

स्याङ्गजाबाट प्रेमीकोलागि आफ्नी ६ महिनाकी छोरीलाई हत्या गरेको आरोपमा आमासहित दुइजना पक्राउ -Brighter Khabar


स्याङ्गजा , साउन २३ ।   स्याङ्गजामा प्रेमिकाकै लागि आफ्नी छोरीको हत्या गरेको आरोपमा एक महिला सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको  । 

पाल्पा का आफ्ना प्रेमी सँग विवाह गर्नकै निमित्त आफ्नी ६ महिनाकी छोरीको हत्या गरेको आरोपमा प्रहरीले आमा सहित उनका प्रेमीलाई पक्राउ गरेको जनाएको छ  । प्रहरीले स्याङ्गजा गल्याङबाट २२ वर्षीय लक्ष्मी राना सहित पाल्पा घर भएका उनका प्रेमी २२ वर्षीय केदार कुमाललाई पक्राउ गरेको हो  ।

आफ्नी बुहारी ६ महिनाकी छोरी सहित हराएपछि ससुराले गएको साउन १२ गते प्रहरीमा उजुरी दिएपछि प्रहरीले  अनुसन्धान थालेको थियो  ।

रानाले  साउन १० गते राति १२ बजे  ६ महिनाको छोरीलाई  उनको  अस्थायी ट्वाईलेटको खाल्टोमा फालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको  छ ।  खोजतलास गर्दै जाँदा सोही खाल्टोमा सडेगलेको अवस्थामा बच्चाको लास फेला परेको हो ।  

प्रहरीका अनुसार  घटनाका  सम्बन्धमा थप अनुसन्धान भईरहेको छ । 


यो पनि : 

पछिल्लो २४ घण्टामा स्याङ्गजाका ३३ जनामा को'रोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा स्याङ्गजाका  ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आज गण्डकीमा स्याङ्गजाका ३३ सहित प्रदेश्भर १६३ जना कोरोना संक्रमण पुष्टि भएको हो   ।
प्रदेशका अन्य जिल्लाका  संक्रमित हुनेहरुमा मनाङका ८ जना , मुस्ताङका ८ जना, कास्कीका ६० जना लमजुङका ४० जना, तनहुँक १ जना,  पर्वतका १ जना र बाग्लुङका १८ रहेको गण्डकी  प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ  ।

यो सँगै गण्डकीमा  हालसम्म संक्रमित हुनेहरुको संख्या १०३१०५ पुगेको समेत निर्देशनालयले जनाएको छ  ।

आज पछिल्लो २४ घण्टामा गोरखा, म्याग्दी र नवलपरासी (पूर्व) मा भने  कुनैपनि संक्रमित थपिएका छैनन्  । 

Top Post Ad

post bottom ads

Ads Bottom