Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

समाजवादी चिन्तक एवम् प्रतिनिधि सभा सदस्य प्रदीप गिरीको ७४ वर्षको उमेरमा निधन-Brighter Khabar


काठमाडौं , भदौ ५ गते ।   नेपाली कांग्रेसका नेता, समाजवादी चिन्तक एवम् प्रतिनिधि सभा सदस्य प्रदीप गिरीको ७४ वर्षको उमेरमा निधन भएको छ । स्वास्थ्योपचारको क्रममा उनको  निधन भएको हो ।  

ललितपुरस्थित मेडिसिटी अस्पतालको सघन उपचार कक्षमा उपचाररत उहाँलाई शुक्रबार भेन्टिलेटरमा सारिएको थियो । उनलाई  सो अस्पतालमा साउन ८ गते भर्ना गरिएको थियो  ।

नेपाली कांग्रेस संसदीय दलले गएराति उहाँको निधन भएको पुष्टि गरेको हो । कांग्रेस संसदीय दलका सचेतक मीनबहादुर विश्वकर्माले उहाँको ललितपुरको मेडिसिटी अस्पतालमा उपचारको क्रममाा हिजो राति ९: ३० बजे निधन भएको जानकारी गराएका हुन्  ।

सचेतक विश्वकर्माका अनुसार आज बिहान ९ बजेदेखि ११ बजेसम्म उहाँको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि मेडिसिटी अस्पताल, ललितपुरको शिवालयमा राखिने छ भने बिहान ११: ३० बजे देखि दिउँसो २ बजेसम्म नेपाली कांग्रेस केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवनमा राखिने छ । दिउँसो २ बजेपछि अन्त्यष्टिका लागि पशुपति आर्यघाट लगिने छ ।

बुवाको प्रेरणाबाट नेता गिरीले २०१७ सालताका राजनीतिक यात्रा सुरु गरेका थिए  । लोकतान्त्रिक आन्दोलनका क्रममा वि.सं. २०२५ मा १८ महिना र २०४२ मा करिव एक वर्षगरी उनि  झण्डै चार वर्ष जेल बसेका थिए ।

वि.सं. २०२४ मा भारतको बनारसमा रहँदा नेपाल छात्र सङ्घको उपाध्यक्ष हुँदै राजनीति अघि बढाएका  नेता गिरीले कांग्रेस केन्द्रीय सदस्यसम्मको जिम्मेवारीमा बसेर काम गरेका छन्  ।

जवाहरलाल नेहरू विश्वविद्यालयबाट अर्थशास्त्र र दर्शनशास्त्रमा स्नातकोत्तर गरेका  नेता गिरी २०७४ को प्रतिनिधि सभा निर्वाचनमा सिरहा १ बाट निर्वाचित सांसद  समेत हुन्  ।

यसैबीच प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधनको खबरले आफू स्तब्ध भएको बताएका छन्  ।

प्रधानमन्त्री देउवाले एक ट्विट गर्दै भनेका छन् , “नेपाली कांग्रेसका नेता एवं नेपाली राजनीतिका वैचारिक र समाजवादी चिन्तक मेरा मित्र प्रदीप गिरिजीको निधनको खबरले निकै स्तब्ध भएको छु ।” उनले  नेता गिरीको निधनले नेपालको एक सच्चा र असल नेता गुमाएको बताएका छन्  ।

प्रधानमन्त्री देउवाले दिवंगत नेता गिरीको आत्माको चिर शान्तिको कामना गर्दै यस दुःखद घडीमा परिवारजनमा हार्दिक समवेदना व्यक्त व्यक्त गरेका छन्  ।

Top Post Ad

post bottom ads

Ads Bottom