Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

आज स्वतन्त्र पत्रकार संघ नेपाल, कास्कीद्वारा 'सञ्चार क्षेत्रमा महिला सहभागिता' विषयक अन्तरक्रिया कार्यक्रम हुँदै- Brighter Khabar

पोखरा, भदौ ४ गते  आज स्वतन्त्र पत्रकार संघ नेपाल, कास्की शाखाको आयोजनामा सञ्चार क्षेत्रमा महिला सहभागिता विषयक अन्तरक्रिया कार्यक्रम हुँदै छ  । 
कास्की शाखाले महिलाहरूको महान् पर्व हरितालिका तीजको पूर्व सन्ध्यामा सञ्चार क्षेत्रमा महिला सहभागिता संगै त्यहाँ रहेको वास्तविकतालाई चिर्न यो कार्यक्रमको आयोजना गरको हो  ।
आज ठिक १२ बजेबाट सुरु हुने कार्यक्रम पोखरा न्युरोडमा अवस्थित हिमालयन रिडर्स कर्नरको सभाहलमा संचालन हुने संस्थाका अध्यक्ष असफल गौतमले जानकारी दिए ।
पछिल्लो समयमा सञ्चार जगतमा महिलाहरुको आकर्षण बढ्दै गए पनि यसमा अझै पनि घरयासी कारण सँगै अन्य विविध कारणले गर्दा महिलाहरूलाई असहज अवस्था सिर्जना भईरहेका खबरहरु दिनहुँ प्रकाशित हुनेगरेका छन्    ।  यसैबिच 'पत्रकार बन्नु त स्वतन्त्र बन्नु, स्वतन्त्र नै हो पत्रकार भन्नु ' भन्ने मुख्य नारालाई आत्मसात गरेको  स्वतन्त्र पत्रकार संघ नेपाल, कास्की शाखाले ''सञ्चार क्षेत्रमा महिला सहभागिता'' विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो ।
कास्की शाखाले आफ्नो जिल्ला भित्र रहेर विभिन्न सन्देशमुलक गोष्टि, कार्यशाला, संगै पत्रकारिता तालिमहरु संगै अन्य सामाजिक कार्यहरु संचालन गर्दै आइरहेको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom