Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

स्याङ्गजा घर भएका एक जवानको पौडिने क्रममा डुबेर ज्यान गयो - Brighter Khabar

सांकेतिक तस्विर 


स्याङ्गजाका एक पुरुषको पौडी खेल्ने क्रममा डुबेर ज्यान गएको छ ।   

पर्वतको फलेवास नगरपालिका -९ जलजला स्थित एक पोखरीमा पौडी खेल्ने क्रममा स्याङ्गजा अर्जुनचौपारी घर भएका गिरिजा सापकोटा नाम गरेका प्रहरी जवानको ज्यान गएको हो  । 

मृतक सापकोटा हाल सशस्त्र प्रहरी बल २३ नम्बर गण तनहुँमा कार्यरत सशस्त्र प्रहरी जवान भएको आफन्तले जानकारी दिएका छन् । उनि बिदाको लागि घर आएका बेला  स्याङ्जा र पर्वतको सीमा क्षेत्रमा पर्ने जलजला घुम्न गएका थिए  । 

स्थानीयका अनुसार पोखरीमा डुबेर बेपत्ता भएको दुई घण्टा पश्चात मात्र पोखरीबाट उनको शव निकालिएको थियो । 

यो पनि : 

तनहुँको देवघाट गाउँपालिका–५ बेणी सङ्गमस्थित कालीगण्डकी नदीमा नुहाउने क्रममा शुक्रबार एक वृद्वलाई बगाउँदा बेपत्ता भएका छन् । यसरी बेपत्ता हुनेमा दोलखा जिल्ला बैधेश्वर गाउँपालिका–३ बस्ने ७६ वर्षीय जङ्गबहादुर खड्का रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

कालीगण्डकी किनारमा नुहाउने क्रममा अचानक नदीले बगाई बेपत्ता बनाएपछि तत्काल प्रहरी परिचालन गरी खोजलतास गरे पनि फेला पार्न नसकिएको प्रहरीले जनाएको छ । साँझ अबेरसम्म प्रहरी टोलीले खोजतलास गर्दा फेला नपरेको र खोजी जारी रहेको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।

महाकाली नदीमा बगेर दुई किशोरी बेपत्ता

 महाकाली नदीमा बगेर शुक्रबार बैतडीका दुई किशोरी बेपत्ता भएका छन् । बेपत्ता हुनेमा दशरथचन्द नगरपालिका–८ का १६ वर्षीया कविता टमटा र १५ वर्षीया सङ्गीता टमटा रहेको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले जानकारी दिनुभयो ।

शुक्रबार दिउँसो एक बजे नहाउने क्रममा महाकाली नदीस्थित नगतडीबाट बेपत्ता भएका भए पनि प्रहरी र प्रशासनलाई भने बेलुका खबर गरिएको जनाइएको छ ।

किशोरी बेपत्ता भएका खबर पाउनासाथ सुरक्षा निकाय परिचालन गरिएको छ । घटनाबारे बुझ्नका लागि सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीसमेत घटनास्थलतर्फ जानुभएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom