Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

स्याङ्गजा अर्जुनचौपारीमा घरेलु मदिरा नष्ट , सामाजिक संजालमा विरोध :( ठिक / बेठिक ) - Brighter Khabar


 स्याङ्गजामा अवैध घरेलु मदिरा नष्ट गरिएको छ ।  

स्याङ्गजा स्थित रापाकोट प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले घरेलु मदिरा नष्ट गरेको हो  । स्याङ्गजा अर्जुनचौपारी गाउँपालिका  वडा नम्बर ५ स्थित दवारकुनाका बिभिन्न स्थानबाट प्रहरीले घरेलु मदिरा नष्ट गरिएको प्रहरीले जनाएको छ ।

यता घरेलु मदिरा नष्ट गरिएको भन्दै सामाजिक संजालमा व्यापक विरोध भएको छ  । सामाजिक संजाल फेसबुकमा मदिरा नष्ट गरिएको तस्विर संगै त्यसको व्यापक विरोध भएको  हो  । 


विदेश मदिरालाई ब्राण्ड मानेर आफ्नै स्थानीय उत्पादनलाई उत्साहित गर्नुपर्नेमा उल्टै दुरुत्साहन गरिएको भन्दै सामाजिक संजालमा विरोध आएको हो  । 


कतिपयको गरिबहरुको रोजीरोटी खोस्नलाई यसो गरिएको  प्रतिक्रिया छ भने केहि यसलाई ठिक समेत भएको भनाइ राखेका छन् ।


Top Post Ad

post bottom ads

Ads Bottom