Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

फिस्टेलमा नवआगन्तुक विद्यार्थीको स्वागत, विद्यालयद्वारा राष्ट्रिय आविष्कार केन्द्रलाई एक लाख सहयोग - Brighter News


पोखरा–०९, भदौ

पोखरा–१७ तल्लो विरौटामा अवस्थित फिस्टेल एकेडेमीले बुधबार कक्षा ११ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीहरुलाई एक समारोहका बिच स्वागत गरेको छ । पोखरा होटल ग्रान्डमा भएको कार्यक्रममा कक्षा १२ का विद्यार्थीहरुले नवआगन्तुक विद्यार्थीहरुको स्वागत गरेका हुन् । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक डा. महावीर पुनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको अध्यक्षता विद्यालयका संस्थापक चिनु रानाभाटले गरेका थिए । 

प्रमुख अतिथिको तर्फबाट बोल्दै डा. महावीर पुनले किताबी पढाइ मात्र भन्दा चुनौतिहरुको सामना गर्दै पढाइलाई सिर्जना र अनुसन्धानमा केन्द्रित गर्न सुझाए । उनले पढ्न सजिलो भए पनि प्रतिस्पर्धात्मक आजको समयमा त्यसलाई व्यवहारमा उतार्न विशेष ध्यान दिनुपर्ने बताए । अध्यक्षको आशनबाट बोल्दै विद्यालयका संस्थापक चिनु रानाभाटले अन्तर्राष्ट्रिय सुविधासहितको प्रगतिशील शिक्षा प्रदान गर्ने आफ्नो ध्येय रहेको र त्यसैअनुरुप आफू लागि परेको जनाए । उनले राष्ट्रिय आविष्कार केन्द्रका लागि रु. एक लाख सहयोगको घोषणा समेत गरे । सामाजिक उत्तरदायित्व अन्तर्गत आफूले केन्द्रलाई सहयोग गरेको थोरै भएपनि यो सहयोग गर्न पाउँदा गौरवबोध भएको विचार राखे । 

विद्यालयका प्रिन्सिपल डा.त्रिद्वीभ उपाध्यायले स्वागत मन्तव्य राखेको सो कार्यक्रमको सञ्चालन कक्षा १२ का विद्यार्थीहरु प्राप्ति लम्साल, शिशिर पौडेल र सिम्रन क्षेत्रीले गरेका थिए । कक्षा १२ का विद्यार्थीहरु श्रेया गौतम र रचना गुरुङले स्वागत नृत्य प्रस्तुत गरेका थिए भने नवआगन्तुक विद्यार्थीहरुको तर्फबाट कक्षा ११ विज्ञान संकायमा भर्ना भएकी छात्रा स्नेहा तिमल्सिनाले फिस्टेल रोजाइले आफूहरुलाई थप उत्साहित बनाएको र लक्ष्य प्राप्तिमा सहज हुने कुरामा विश्वस्त रहेको जनाइन् । 

विभिन्न साँस्कृतिक प्रस्तुति रहेको सो कार्यक्रममा विद्यार्थीहरुले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । प्रतिभा प्रदर्शनमा नव आगन्तुक विद्यार्थीहरुमध्येबाट छात्रातर्फ विद्या र छात्रतर्फ निबोध उत्कृष्ट भए । उनीहरुलाई विद्यालयकी सह संस्थापक अन्जु बस्नेत रानाभाट र +२ संयोजक गीताञ्जली राठौरले ताज, ट्रफी प्रदान गरेकी थिइन् । डा. सन्तोप सापकोटाले उत्प्रेरणात्मक मन्तव्य राखेको सो कार्यक्रम साँझ करिब चार घन्टा चलेको थियो । विद्यालयमा विज्ञान र व्यवस्थापन सङ्कायमा कक्षा ११ र १२को पढाइ हुँदै आएको जानकारी विद्यालयका मिडिया संयोजक गोपाल खनालले दिए । 


Top Post Ad

post bottom ads

Ads Bottom