काठमाडौं , भदौ ४ । कुमारी बैंकले रोजगारीको आवेदन खुलाएको छ ।
बैंकले सेमी क्वालिफाइड चार्टर्ड एकाउन्टेन्टका लागि कर्मचारीको आवश्यक परेको जनाउँदै सोही पदमा आवेदन खुलाएको हो ।
आफ्नो शाखा कार्यालयहरु काठमाडौं, पोखरा, नारायणगढ,बुटवल,नेपालगञ्ज,धनगडी, सुर्खेत र विराटनगरका लागि कर्मचारीको माग गरेको बैंकले जनाएको छ ।
ईच्छुक तथा योग्यता पुगेकाले भदौ १५ गते आवेदन पेस गर्न सक्नेछन् ।