Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

मेरिगोल्डमा खुला तिज नृत्य प्रतियोगिता सम्पन्न - Marigold

पोखरा , भाद्र १० गते   पोखरा - १५ नयाँगाउँमा अवस्थित मेरिगोल्ड अंग्रेजी आवासीय मा.वि.ले खुला तीज नृत्य प्रतियोगिता सम्पन्न गरेको छ   विद्यालयले आफ्नो बार्षिक कार्यतालिका अनुसार नजिकिंदै गरेको नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा खुला तिज नृत्य प्रतियोगिता सम्पन्न गरेको हो  
प्रतियोगितामा लिजा र स्पर्शको समूह प्रथम र  प्रतिक गुरुङ्ग द्दितीय हुन सफल भएका थिए  त्यसैगरी  इमोन र प्रदिपको समूहले तृतीय स्थान प्राप्त गरेको थियो  
कार्यक्रममा सहभागी विद्यार्थीहरुलाई हौसला थप्दै बिद्यालय प्राचार्य प्रविण गुरुङले यस्तै प्रकारका कार्यक्रमहरुले विद्यार्थीको सर्वाङ्गिण विकासमा सहयोग पुग्ने बताउनुभयो  त्यस्तै प्राचार्य गुरुङले विद्यालयले साप्ताहिक रुपमा संचालन गर्ने विभिन्न अतिरिक्त क्रियाकलापहरूमा सहभागी हुन विद्यार्थीहरुलाई प्रेरित  गर्नुभएको थियो 
त्यसैगरी पुरस्कार वितरण समारोहमा बोल्दै विद्यालय संस्थापक मोतीराम गुरुङले नृत्यमा उत्कृष्ट विद्यार्थीहरुलाई बधाई दिनुभएको थियो । साथै  उहाँले देशको कला र संस्कृतिको संरक्षणमा विद्यालय स्तर बाटै जोड दिनुपर्ने बताउँदै आगामी दिनहरुमा पनि मेरिगोल्डले यस्तै प्रकारका अतिरिक्त क्रियाकलापहरूलाई जोड दिँदै जाने बताउनुभयो  
४५ समूह सहभागी भएको उक्त कार्यक्रमको संचालन अतिरिक्त क्रियाकलाप प्रमुख डिल्ली राम काफ्लेले गर्नुभएको थियो 
फोटो फिचर :












































Top Post Ad

post bottom ads

Ads Bottom