Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

लामाचौर तिज मेलामा भएको खुला नृत्य प्रतियोगितामा मेरिगोल्ड प्रथम - School News

 

पोखरा , भाद्र १३ गते । नव आदर्श सामुदायिक विकास संस्थाद्वारा आयोजित खुला नृत्य प्रतियोगितामा मेरिगोल्ड आवासिय मा.वि. प्रथम भएको छ ।
नव आदर्श सामुदायिक विकास संस्थाले  लामाचौर तिज मेलाको विशेष अवसरमा आयोजित नृत्य प्रतियोगितामा पोखरा १५ मा अवस्थित मेरिगोल्ड आवासिय मावि  प्रथम हुन सफल भएको हो  ।
यो संगै लामाचौर तिज मेलामा  हुने खुला नृत्य प्रतियोगितामा यो बर्ष पनि मेरिगोल्डले आफ्नो विरासत राख्न सफल भएको मेरिगोल्ड आवासीय मा वि का नृत्य शिक्षक एवं नृत्य निर्देशक सन्जय गुरुङले बताउनुभयो  ।
विद्यालयको तर्फबाट  सामुहिक नृत्यमा संदेश गुरुङ , प्रतिक गुरुङ, ममता थापा, कविता गुरुङ , सन्ध्या गुरुङ, तमन्ना गुरुङ, स्वस्तिका थापा, स्वेता गुरुङ , करुणा बलकोटी , सुप्रिया गुरुङ र इच्छा गुरुङ गरी  ११ जनाको सहभागिता रहेको थियो । 
विजयी समुहले ४०,१११ रुपैयाँ नगद सहित अन्य पुरस्कार प्राप्त गर्ने छन् 

Top Post Ad

post bottom ads

Ads Bottom