Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

स्याङ्जामा अवैध रूपमा माछा मार्ने १० जना पक्राउ ( Syangja Udate)- Brighter Khabar


स्याङ्गजा , भदौ ६ ।  स्याङ्जामा  अवैध रूपमा माछा मार्ने १० जना पक्राउ परेका छन्   ।

स्याङ्जा पुतलीबजार न.पा.०३ बाढखोलामा ब्याट्री, मोटरमा जोडी करेण्ट प्रवाह गरी माछा मारिरहेको अवस्थामा भदौ ०४ गते प्रहरीले १० जनालाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा  स्याङ्जा पु.व.न.पा. ३ बस्ने बर्ष ३० को समिर हुसेन मियाँ, ऐ. बस्ने बर्ष ३४ को अनुर मियाँ, ऐ.बस्ने बर्ष ३३ को सलामत मियाँ, ऐ. १ बस्ने बर्ष २८ को समिम अली, ऐ. ३ बस्ने बर्ष ४० को मनुरदिन अली, ऐ.ऐ. बस्ने बर्ष ३३ को ईस्मद दिन अली र मिति २०७९।०५।०५ गते जि. स्याङ्जा पुतलीबजार न.पा. १० राङ्खोला स्थितमा ब्याट्री, मोटरमा जोडी करेण्ट प्रवाह गरी माछा मारिरहेको अवस्थामा जि. स्याङ्जा विरूवा गा.पा. ३ बस्ने बर्ष ४७ को चुन ब. थापा, ऐ.ऐ. बस्ने बर्ष ३२ को रिशम ब. थापा, ऐ.ऐ. बस्ने बर्ष ३३ को थाम ब. थापा र ऐ.ऐ. बस्ने बर्ष ४६ को याम ब. थापा रहेका छन् ।

प्रहरीले उनीहरुलाई माछा मार्न प्रयोग भएका सरसामानहरू सहित पक्राउ गरेको जनाएको छ   । उनीहरुलाई   “ जलचर संरक्षण ऐन” विपरितको कसूरमा कारवाहीको लागि जिल्ला प्रशासन कार्यालय स्याङ्जामा पठाईएको  छ  ।

Top Post Ad

post bottom ads

Ads Bottom