Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

लाज मान प्रचण्ड : कुन विजय उत्सव मनाइरहेछौ साइत जुराएर ? - Article By Sumina


के तिमीले जनयुद्धको उद्घोष गरेका थियौ साइत जुराएर 

या योद्धालाई रणभुमीमा छाती थाप्न लगाएका थियौ साइत जुराएर 

या दिएका थियौ आफ्ना कार्यकर्ताहरूलाई 

धर्म भ्रम हो भन्दै 

मन्दिर भत्काउने आदेश साइत जुराएर 

या साइत जुराएर बाँडेका थियौ समाजवादको स्वप्ना 

बर्गिय मुक्तिको आश्वासन ? 

जब तिमीले मुक्तिलाई बेवारिस बनायौ

 निजि स्वार्थ

 सत्ता र शक्तिको लालचमा इमान गुमाएर 

 र त आलै छ आजपनी 

मृत्युसँग मुक्ती साटेको योद्धाको रगत 

ओभाएको छैन बिधवाको सिँउदो 

भरिएको छैन अभिभावक गुमाएको 

बालकको भोको पेट 

लोलाएका छैनन स्वप्नदर्शी आँखाहरू 

अझै पुरिएको छैन तिमीले बाँडेको समाजवादको विभ्रम 

पुरिएको छैन वर्गीय विभेदको खाडल 

आज तिमी कुन विजय उत्सव मनाइरहेछौ 

साइत जुराएर ? 

बाजागाजा र सनाही सहित 

दोसल्ला र माला भिरेर 

जन्ती लिएर बेहुली भित्राएजस्तै गरि 

कुन गृह प्रवेश गरिरहेछौ साइत जुराएर ? 

हजारौँको रगत र बलिदानिसँग साटेको 

झुट भ्रम गद्दारि र धोकाले आर्जेको

नव धनाड्य साशक वर्गमा रुपान्तरित

तिम्रो वर्ग उत्थानको समारोह हेरेर 

लाजपनि तिमीसँग खुब लजाइरहेको छ यतिबेला 

लाज मान प्रचण्ड !! 


✍️ सुमिना 

Top Post Ad

post bottom ads

Ads Bottom