काठमाडौं , महानगरको २४ घण्टे अल्टिमेटमसंगै भृकुटीमण्डपस्थिति काठमाडौं फनपार्कले काठमाडौं महानगरपालिकालाई १७ लाख ३६ हजार रुपैयाँ कर तिरेको बताइएको छ । मनोरञ्जन शुल्कबाट उठेको पाँच प्रतिशत रकम मनोरञ्जन करबापत सो रकम पार्कले महानगरलाई बुझाइएको हो ।
यो फनपार्कले बुजाएको कर भने मनोरन्जन करमात्र हो । बहाल कर समाज कल्याण परिषद्लाई तिर्ने गरी सम्झौता भएको बुझिएको छ भने पार्कले वडामा बुझाउनुपर्ने व्यवसाय कर भने तिर्न बाँकी छ।
समाज कल्याण परिषदले ६० रोपनी जग्गा फनपार्कलाई भाडामा बुझाए पनि फनपार्कले विगत ७ वर्षदेखि कर तिरेको थिएन ।