Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पर्वतको खौलालाकुरीमा ७९ बर्षीय वृद्धको शंकास्पद मृत्यु , अपराधीलाई कारबाहीको माग - Brighter Khabar

 


पर्वत, पर्वतको कुस्माकि एक बृद्ध महिला शंकास्पद अवस्थामा मृत भेटेकी  छिन् ।

कुस्मा नगर पालिका वडा नम्बर  १३ खाैलालाँकुरी गैराथाेककि  ७९ बर्षिय   अम्विका पाध्या पाैडेलको  गएको मंगलबार आफ्नै घरभित्र शंकास्पद अवस्थामा मृत भेटिएकी हुन्  । 

वाहिरवाट ताल्चा लगाएको अवस्थामा शव फेला परेको हुँदा  पौडेलको  विभत्स्य हत्या गरीएको हुनसक्ने सहज अनुमान गर्न सकिन्छ । उनि साँझ सात बजेतिर पाकेको  खाना ,दाल भात,तरकारी काटेर पकाउन तयारी रहेकाे  अबस्थामा घर भित्रै रक्ताम्य अवस्थामा मृत भेटिनुले पनि उनको विभत्स्य हत्या भएको सहज अनुमान लगाउन सकिन्छ ।   

मृतकको शव अन्त्योष्टि संगै निजको काजक्रिया समेत गरिसकिएको बताइएको छ ।


यसै बीच डिल्लीराम पौडेलले सोहि घटना सम्बन्धमा सत्य तथ्य छानबिनको माग राख्दै जिल्ला प्रहरी कार्यालय पर्वतमा जाहेरी दिएका छन्  । 
जाहेरीमा उल्लेखित साँचो व्यहोरा :

   'यहि २०७९ साल भदौ ६ गते उल्लेखित स्थानमा ...... बाख्राको पाठो   किन्न  भनि गएका रहेछन् । निज राधाले उधारोमा पाठो किन्तु नदिने कुरा बताएपछि छिमेकमा रहेकी हाम्री आमा अम्बीका पौडेलसंग पैसा छ मागेर ल्याएपछि पाठा पाइन्छ भनि आमा अम्वीका पौडेलसँग तत्कालै गई पैसा मागेका रहेछन् आमाले निजहरुलाई पैसा दिन नसक्ने कुरा बताएपछि सो समयमा सुमन सापकोटा र निज सँग गएका आमालाई तत्कालै घाटी अचेटी कर्तव्य गरी हत्या गरेका रहेछन् । हत्या गरिसकेपछि आमाको घाटीमा रहेको साचो झुण्ड्याउने डोरो थुती लगी घर बाहिर गई बाहिरबाट ढोकाको ताल्चा बन्द गरी लगाई झ्यालबाट सो साँचो घरभित्र फ्याकी त्यहाँबाट भागी गएका रहेछन् । मिति २०७४/५/७ गते दिउँसो १२ बजे पछि जिल्ला पर्वत साविक खौलालाकुरी गा.वि.स. वडा नं. ५ हाल परिवर्तित कुश्मा नगरपालिका वडा नं. १३ गैराथोक बस्ने सुमन सापकोटाको बुबा बाबुराम सापकोटा, सरस्वती पौडेल र गंगा चालिसे समेतले घटनाको बारेमा मलाई बताएपछि म समेत सोही दिन राती २ बजे घरमा पुगेका थियो । मिति २०७४/५/८ मा मेरी आमाको कर्तव्य गरी हत्या गरेको सम्बन्धमा यसै कार्यालयमा हुलिया जाहेरी दरखास्त दर्ता गराएका थियौ । उक्त मिति २०७४ ५/६ गते मंगलबार साँझ ७०० बजे र ८:०० बजेको विचमा भएको घटना सम्बन्धमा भोलिपल्ट मिति २०७४/५/७ गते दिउसो १२:०० बजे सम्म घटनाको बारेमा छिमेकीहरुलाई कुनै थाहा जानकारी नहुनु र मिति २०७४/५/७ गते दरखाने दिन परेको र सो दरखाने दिन भन्दा अघिल्लो दिन जिल्ला पर्वत साविक खौलालाकुरी गा.वि.स. वडा नं. ५ हाल परिवर्तित कुश्मा नगरपालिका वडा नं. १३ गैराथोक बस्ने राधा पौडेलको घरमा चाड मान्न आएका चेलिवेटी 'दरखाने दिनको विहानै भोकै सो ठाउँबाट हिडी सकेको गै सकेको कुरा समेतका परिस्थिती जन्य आधार कारणबाट मेरी आमा अम्विका पौडेललाई को कसले के कसरी कर्तव्य गरी मारिसकेपछि कर्तव्य गरी मार्ने व्यक्तिहरुलाई कसुरबाट बचाउन को कसले के कसरी कस्तो भूमिका खेलेका छन् भन्ने सम्बन्धमा हामी जाहेरवाला तीनै जना घट्ना भएको स्थान भन्दा अलग अलग ठाउँमा रहने बस्ने भएकोले सो सम्बन्धमा बेखबर भएको हुँदा तत्कालै सबै व्यहोरा खोली जाहेरी दिन सकिएन । म जाहेरवालाले मेरी आमा अम्बिका पौडेललाई कर्तव्य गरी मार्ने त्यस जाहेरीमा त्यस जाहेरीमा नाम उल्लेख भएका सुमन सापकोटा, अनिल सापकोटा र भानु पौडेल समेतका व्यक्तिहरु प्रतिवादी मध्येका सावीत्री सापकोटा र ओम प्रकाश सुवेदी मिली अपराधीक घटनालाई ढाकछोप गरी अपराधीलाई कानून बमोजीम दण्ड दिलाउने कुरामा सरीक सहभागी नभई सुमन सापकोटा,अनिल सापकोटा, भानु पौडेल समेतका अपराधीलाई बचाउ उम्काउनका लागी हिमेकी सभीयाराहरु कोही कसैले थाहा पत्ता नपाउने प्रतिवाडी सावीत्री सापकोटा र ओम प्रकाश सुवेदीले मिली भगत षडयन्त्र गरेको कुरा समयमै सूचना दिन नसकेको भएतापनि विनाकारण अकारण मेरी आमालाई कर्तव्य गरी मार्ने सुमन, अनिल सापकोटा र भानु पौडेललाई बचाउन उम्काउन प्रतिवादी ओम प्रकाश सुवेदी र सावीत्री सापकोटाले योजना बनाएको सो घटनाका संबन्धमा गाउँ समाजमा र प्रहरी समेतमा सत्य साँचो करा बोल्न नदिन सबै संधीयारा छिमेकीलाई धम्कि दिएको कुरा मैले हाल तत्काल थाहा पाएको हुँ । मेरो आमा अम्बिका पौडेलको मृत्युपछि तत्कालै खिचिएको फोटोबाट पनि मृत्यु स्वभाविक नभएको, कर्तव्यबाटै मृत्यु भएको प्रष्ट देखिइ रहेकोमा प्रतिवादी मध्येका ओम प्रकाश सुवेदी र सावीत्रा सापकोटाले म समेतका नातेदार सो ठाउमा नबस्ने नरहने कुरालाई आधार बनाइ गाउँ समाज छरछिमेकीहरुलाई प्र. मध्येका सुमन र भानुका विरुद्धमा बोल्न नदिएको, निजहरुको विरुद्धमा कहि कतै बोलेमा ठीक हुने छैन भनि धम्कि दिइरहेको र म समेतका व्यक्तिले निज प्रतिवादी ओम प्रकाश र सावित्रालाई शंका लागी सोद्धा समेत परस्पर विरोधी जवाफ दिइरहेकाले सबै प्रतिवादीलाई पक्राउ गरी कानून बमोजिम हदै सम्मको कारवाही गराइ पाऊँ ।


६. अपराध संग सम्बन्धीत कुनै सबुत प्रमाण भए सो कुरा हाम्री आमा मृतक अम्बिका पौडेलेको हत्या पछि खिचीएको फोटो धान २ साथै पेश गरेका छौं ।


७. अपराध संग सम्बन्धीत अन्य विवरण घट्ना स्थल तथा वस्तुस्थिती मुचुल्का लगायतका आवश्यक अनुसन्धान गरी प्रमाण लगाई पाऊँ ।


८. यसमा लेखिएको व्यहोरा ठिक साचो छ कुट्टा व्यहोरा लेखेको ठहरे कानून बमोजिम सहुँला बुझाउँला प्रहरीद्वारा केश तहकिकात हुँदा वा अदालतमा मुद्दा चल्दाका बखत उपस्थित हुनुपर्ने जनाउ पाए सो बमोजिम उपस्थित हुनेछ ।


जाहेरी दरखास्तवाला

निज डिल्लीराम पौडल -१






Top Post Ad

post bottom ads

Ads Bottom