Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

सामाजिक सञ्जाल फेसबुकको दुरुपयोग गरी अनलाई ठगी गर्ने पक्राउ - Brighter Khabar


भाद्र ३१ गते ,

 सामाजिक सञ्जाल फेसबुकमा टि मोबाइल स्टोर पेज खोली उक्त पेजको दुरुपयोग गरी अनलाई ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् । 

सो कार्यमा संलग्न रहेको अभियोगमा सुनसरी इटहरी उपमहानगरपालिका–११ खनार बस्ने २३ वर्षीय प्रसिन चौधरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

चौधरीले उक्त पेजको दुरुपयोग गरी आइफोन १३ प्रो मोबाइल सेट सस्तो मूल्य एक लाख १५ हजार रुपैयाँ पर्छ भनी पीडितलाई भन्सार ट्याक्स, डेलिभरी चार्ज बापत विभिन्न व्यक्तिहरूको ई सेवा आइडी तथा बैङ्क खातामा रकम पठाउन लगाई ठगी गरेको घटनाको थप अनुसन्धानका लागि खटिएको प्रहरीले चौधरीलाई काठमाडौं महानगरपालिका–३१ नयाँबानेश्वरमा फेला पारी पक्राउ गरेको हो । 

उनलाई ठगी कसूरमा आवश्यक कारबाही एवं अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाएको जानकारी नेपाल प्रहरीले दिएको छ । 

यो पनि :

नेपाल टेलिकमले शुक्रबारदेखि निःशुल्क ई–सिम (इम्बेडेड सिमकार्ड) वितरण गर्ने भएको छ । 

हाल ‘फिजिकल सिम’ प्रयोग गरिरहेका टेलिकमका ग्राहकका पोस्टपेड र प्रिपेड सिमलाई निःशुल्क ई–सिममा परिवर्तन गर्न सकिने नेपाल टेलिकमले जनाएको छ । टेलिकमले नयाँ पोस्टपेड लिन चाहने ग्राहकलाई हालको बिक्री मूल्यमा ई–सिम उपलब्ध गराउने छ ।  

ई–सिम एक प्रकारको भर्चुअल अर्थात् इलेक्ट्रोनिक (इम्बेडेड) सिम हो । ई–सिम उपलब्ध भएपछि अहिलेको जस्तो भौतिक रूपमा प्रयोग गरिने सिमकार्डको आवश्यकता पर्दैन । 

मोबाइल सेटबाहेक ई–सिमलाई अन्य डिभाइस तथा स्मार्ट वाच र शरीरमा पहिरिनयोग्य विभिन्न प्रकारका डिभाइसमा समेत प्रयोग गर्न सकिन्छ । ई–सिम प्रयोगमा आएपश्चात् सिमकार्ड परिवर्तन गर्नुपर्ने आवश्यकता नहुने खबर गोरखापत्रमा छ  ।   

Top Post Ad

post bottom ads

Ads Bottom