Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

मूल्य घटेर आउँदा चुपचाप रहेको निगमलाइ आईओसीले थोरै मूल्य बढाउँदा मूल्य वृद्धि गर्न हतारो - Brighter Khabar


काठमाडौं , भाद्र १७ गते । पेट्रोलियम पदार्थको मूल्य घट्दा केहि नबोलेको नेपाल आयलनिगम भारतीय आयल कर्पोरेसनबाट  मूल्य बढेर आउँदा भने हतार हतार मूल्य वृद्धि गर्न तर्फ लागेको छ  ।

निगमले  बिहीबार राति १२ बजेदेखि लागू हुने गरी डिजेल र मट्टीतेलको मूल्य ६/६ रुपैयाँ बढाएको छ  । यो संगै  डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १ सय ७८ रुपैयाँ पुगेको छ ।

 यस अगाडी  जुलाई १६, अगस्ट १ र अगस्ट १६ मा प्रतिलिटर पेट्रोलमा ३४ रुपैयाँ ५ पैसा र डिजेलमा ३३ रुपैयाँ ८५ पैसा घटेर आउँदा भने निगम  चुपचाप थियो  । 

अन्तर्राष्ट्रिय बजारमा बढेलगत्तै बढाउने तर तीन पटक घटेर आउँदा यथावत् राख्ने निगमको यो शैलीले सर्वसाधारणलाइ मारमा परिरहँदा  जनताको सरकार नाममा मात्र सिमित जस्तो देखिएको छ ।

त्यस बेला खुद्रा बिक्री मूल्य यथावत् राखेको निगमले भाउ बढेर आएलगत्तै बिहीबार राति १२ बजेदेखि लागू हुने गरी डिजेल र मट्टीतेलको मूल्य ६/६ रुपैयाँ बढाएको हो ।

यता निगमले भने  मट्टीतेल र ग्यासको मूल्यमा केही घटेर आए पनि ग्यासमा अझै प्रतिसिलिन्डर ३ सय ७८ रुपैयाँ ७ पैसा घाटा रहेको दाबि गरेको छ ।

त्यस्तै   मूल्य वृद्धिपश्चात् निगमको पाक्षिक नोक्सानी ३० करोड ५२ लाख रहेको निगमको दाबि छ । 

Top Post Ad

post bottom ads

Ads Bottom